किसानको लागि

व्यवसायिक कुखुरापालनमा हुने गर्मिको तनावको व्यवस्थापनः एक अनलाइन तालिम (वेबिनार)


पृष्ठभूमि

ग्रिष्मकालमा नेपालको तराई क्षेत्रमा प्रचण्ड गर्मि भई अधिकतम वातावरणीय तापक्रम ४० डिग्री सेन्टीग्रेड (कहिलेकाहीँ सो भन्दा बढी) आसपास पुग्दछ। वर्षात् सुरु नहुँदासम्म जमिन मुनिको पानीको सतह पनि तल पुगेको हुन्छ साथै पानीमा संक्रामक जीवाणुको मात्रा पनि बढ्छ। यस्तो अवस्थामा कुखुराको व्यबस्थापन गर्ने कुरा निकै चुनौतिपूर्ण हुन जान्छ। गर्मीयाममा कुखुराको वजन प्राप्ति, एफ.सी.आर., अण्डा उत्पादन, अण्डाको बोक्राको गुणस्तर, ह्याचविलिटी सबैमा नकारात्मक प्रभाव परेको हुन्छ र मृत्युदर पनि बढी हुन्छ। सोत्तर भिज्ने, रोग प्रतिरोधात्मक क्षमता क्षिण हुने, पानीमा संक्रामक जीवाणुको लोड बढ्ने र भ्याक्सिन फेल हुने जस्ता समस्या अधिक हुन्छ गर्मि मौसममा। फलस्वरूपः गर्मीयाममा कुखुरालाई विभिन्न रोग व्यादिले पनि सताईराख्छ। तसर्थ गर्मीयाममा कुखुरापालन व्यवसायमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि व्यबस्थापन, पोषण र औसधि उपचार लगायतका विभिन्न पक्षहरुमा निकै राम्रोसँग विचार गर्नुपर्ने हुन्छ।

आधुनिक कुखुरापालनमा ठुलो संख्यामा कुखुराहरु एकठाउँमा राखेर पालिन्छ जसले गर्दा कुखुरालाई गर्मीको तनाव हुने जोखिम उच्च रहन्छ। गर्मीको तनावलाई “हिट स्ट्रेस” वा नेपालीमा गर्मिको धपेडी भनेर चिन्ने चलन पनि छ। हिट स्ट्रेसले कुखुरालाई तनाव हुने र मृत्यु हुने मात्र हुँदैन। यसले गर्दा उत्पादन घट्ने र फलस्वरूपः फार्मलाई ठुलो आर्थिक नोक्सानी हुने पनि हुन्छ। तसर्थ गर्मि मौसममा कुखुरालाई हिट स्ट्रेसको कुप्रभावबाट सुरक्षित राख्न खोरभित्र कुखुरा तथा अन्य सरसामान, दानापानी, औसधि मूलो, खोर संरचना र भाँडाकुँडाको व्यबस्थापनमा पुनः मूल्यांकन गर्नैपर्छ।

उद्देश्य


हिट स्ट्रेसको व्यवस्थापन अर्थात कुखुरालाई गर्मिको तनावको प्रबन्ध सम्बन्धि ज्ञानको टड्कारो आवश्यकता महशुस गरेर नै आम किसान वर्ग (व्रोइलर किसान, लेयर्स किसान र ब्रिडर किसान) लाई लक्षित गरि यो अनलाईन तालिम (वेबिनार) गर्न खोजिएको हो। यो वेबिनार आधारित तालिमको समापन पछि सहभागी किसानले कुखुरालाई गर्मीको कुप्रभावबाट कुखुरालाई कसरी जोगाउन सकिन्छ, कसरी क्षति घटाउन सकिन्छ र कसरी अधिकतम उत्पादन लिन सकिन्छ भन्ने कुरा बुझ्न पाउनेछन। साथै, कुखुरालाई गर्मिको तनाव र सो को दुष्प्रभावबाट जोगाउन के कस्ता पक्षहरु (दानापमनी, खोर, भेन्टीलेशन, सोत्तर, पानि ड्रम, भाँडाकुँडा आदिको प्रबन्ध, खोर संरचना, रसायन तथा औसधि मुलो, पोषण व्यवस्थापन आदि) मा ध्यान दिनुपर्छ भन्ने विषयमा विस्तृत ज्ञान तथा सिप आर्जन गर्न सक्नेछन। तत्पश्चात गर्मीयाममा पनि हिट स्ट्रेसको कारणले हुनसक्ने क्षतिलाई जतिसक्दो न्यूनीकरण गर्दै सो प्रतिकुल अवस्थामा समेत अधितम उत्पादन लिनसक्ने गरि सहभागी किसानवर्गको क्षमता वृद्दि हुनेछ भन्ने समस्त भेट नेपाल टिमको दृढ विश्वास रहेको छ।        

कार्यविधि


यस वेबिनार आधारित अनलाईन तालिम जुम एप्लिकेशनको प्रयोग गरेर राष्ट्रिय स्तरका ख्याति प्राप्त पोल्ट्री विषेशज्ञहरु बाट गराइनेछ। यस अनलाईन तालिमको आयोजक संस्था हुनेछ, भेट नेपाल जुन नेपालबाट प्रकाशन हुने एक अन्तराष्ट्रिय भेट पोर्टल हो। भेट नेपालका निर्देशक तथा पोल्ट्री कन्सलटेन्सी एण्ड डायग्नोष्टिक ल्याबका कार्यकारी प्रमुख डा. विवेक बन्धु रेग्मी र भेट नेपालका संचालक शिव श्रेष्ठले संयुक्त रुपमा तालिमको संचालन गर्नुहुनेछ। राष्ट्रिय पशु प्रजनन् कार्यालयका  वरिष्ठ पशु विकास अधिकृत तथा नेपाल सरकारका उपसचिव डा. खगेन्द्र सापकोटाको अध्यक्षतामा कार्यक्रम संचालन हुनेछ। यो तालिम २०७८ जेष्ठ १५ र १६ गते २ दिनको लागि संचालन हुनेछ। 

 

लाभग्राही

कमर्सियल ब्रोइलर किसान, कमर्सियल लेयर्स किसान, प्यारेन्ट स्टक (ब्रिडर) किसान, समग्र नेपाली उद्योग।

निष्कर्ष

उपरोक्त वेबिनार आधारित तालिमले सहभागी कमर्सियल ब्रोइलर किसान, कमर्सियल लेयर्स किसान र प्यारेन्ट स्टक ९ब्रिडर० किसानलाई गर्मिको तनाव कसरि उत्पन्न हुन्छ, यसका के कस्ता कुप्रभाव हुनसक्छन, यसलाई बेलैमा कसरि चिन्ने र के कस्ता व्यवस्थापकीय जुक्तिहरु लगाएर गर्मी धपेडीको कारणले हुनसक्ने क्षतिबाट जोगिदै अधिकतम उत्पादन लिनसकिन्छ भन्ने ज्ञानले लैस गराउनेछ।

{तालिमको विस्तृत विषयवस्तु, विषेशज्ञ प्रश्तोता र समय तालिकाको लागि यहाँ क्लिक गर्नुहोस्}

डा. विवेक बन्धु रेग्मी

वेबिनार आयोजक सचिव तथा निर्देशक

भेट नेपाल

फोनः ९८५७८८०८०८, इमेलः bibekregmi2016@gmail.com

वेबसाईटः www.vetnepal.com