कोरोना संक्रमण परीक्षणमा र्‍यापिड टेष्ट: यसको भ्रम र यथार्थ

अहिले नेपाल मात्र होइन सम्पूर्ण विश्व जगत नै कोरोना भाइरस अर्थात् कोभिड १९ (COVID-19 ) को माहामारीको चपेटामा लकडाउनमा छ । कुनै पनि मानिसमा कोरोना संक्रमण छ या छैन भनि परीक्षणका विभिन्न विधिहरू प्रयोगमा ल्याइन्छन् ।हाल नेपालमा कोरोना संक्रमण परीक्षणका लागी दुइवटा परीक्षण विधिहरू प्रयोग भइरहेका छन् ।

  1. पीसीपरीक्षण यस विधिले जीनको माध्यामबाट संक्रमित मानिसको शरीरमा एन्टिजेन (Antigen: शरीरमा भएको कोरोना भाइरस वा कोरोना भाइरसको मात्रा) छ या छैन भन्ने कुरा पत्ता लगाउँदछ
  2. र्‍यापिड डायनोस्टिक टेष्ट यो र्‍यापिड डायनोस्टिक टेष्ट किट (Rapid Diagnostic Test Kit) कोरोना रोगको परीक्षणका लागि सबैभन्दा छरितो र महत्वपूर्ण विधि पनि हो । यो किट, एन्टिजेन (Antigen) र रोग प्रतिरोधात्मक एन्टिबोडि प्रोटिन (Antibody) पत्ता लगाउने गरी दुइ कुरामा आधारित हुन्छ । Antigen Based Kit ले संक्रमणको शुरूमै कोरोना भाइरसलाइ नै पत्ता लगाउँदछ भने Antibody Based Kit ले संक्रमणको कम्तिमा पनि ७ दिन देखि १४ दिन पछि मात्र परीक्षण गरिएका मानिसको शरीरमा कोरोनाको संक्रमण भएको थियो वा थिएन भनेर देखाउँछ ।

हाल नेपालमा प्रयोग गरिएको किट Antibody Based Kit  हो । यस किटबाट परीक्षण गरिएका मानिसको शरीरमा कोरोनाको संक्रमण भएको थियो वा थिएन भनेर एन्टिबोडि प्रोटिन (Antibody Protein) मात्र देखाउँछ । यसले संक्रमित मानिसको शरीरमा एन्टिजेन अर्थात् कोरोना भाइरस छ या छैन भन्ने कुरा यकिन गर्न सक्दैन ।किनकी Antigen वा भाइरस  कुनै पनि मानिसको शरिरमा प्रवेश गरेपछि शरीरले भाइरस विरूद्ध लड्ने रोग प्रतिरोधात्मक एन्टिबोडि प्रोटिन (IgM र IgG) उत्पादन गर्दछ । र्‍यापिड डायनोस्टिक टेष्ट किटबाट मानिसको रगतमा एन्टिबोडि प्रोटिन छ या छैन भनि परीक्षण गर्दछ । मानिसको रगतमा एन्टिबोडि प्रोटिन देखिए टेष्ट पोजेटिभ हुन्छ भने नदेखिए टेष्ट नेगेटिभ हुन्छ । रोग प्रतिरोधात्मक एन्टिबोडि प्रोटिन  अर्थात् Antibody वन्नको लागी लगभग ७ दिन देखि १४ दिनसम्म लाग्न सक्दछ । त्यसैले परीक्षणको नतिजा पोजेटिभ आएका व्याक्तिहरूमा पहिले वा अहिले भाइरसको संक्रमण भएको हुन सक्दछ वा भाइरसको संक्रमण शरिरबाट हटिसकेको पनि हुन सक्दछ (जुन कुराको विश्लेषण तल छ)। यदि नतिजा नेगेटिभ आएमा COVID-19 भाइरसको संक्रमण नरहेको भन्न भने सकिदैन किनकि भाइरस संक्रमणको पहिलो ७ दिनमा एन्टिबोडि प्रोटिन प्रशस्त नबनेको हुन सक्दछ ।

अहिले प्रयोग भएको र्‍यापिड डायनोस्टिक टेष्ट किटबाट संक्रमण भएको ३/४ हप्ता पछि ति व्यक्तिहरुमा परीक्षण गर्दा पोजेटिभ तर पीसीआर टेष्ट गर्दा नेगेटिभ भएको पाईएको छ । यो बेलामा ति व्यक्तिहरू संग कोरोना भाइरस हुदैँन भन्ने होईन तर पहिलेनै  शरिरमा एन्टिबोडि प्रोटिन भएकोले संक्रमण र लक्षण कम देखिन सक्छ र ति व्यक्तिहरु अरूलाइ रोग सार्न सक्ने पनि हुन पनि सक्छन । त्यसैले र्‍यापिड डायनोस्टिक टेष्ट नेगेटिभ  हुदैमा कोरोना भाइरस छैन भन्ने होईन। तर र्‍यापिड डायनोस्टिक टेष्ट चाडै गर्न र सजिलै गर्न सकिने हुनाले संक्रमण पत्ता लगाउन सजिलो उपाय हो। रोग प्रतिरोधात्मक एन्टिबोडि प्रोटिन पत्ता लगाउने र्‍यापिड डायनोस्टिक टेष्ट नेगेटिभ देखिए पनि कोरोना भाइरस शरिरमा हुन सक्ने प्रवल संभावना हुन्छ।

टेष्टको चरण  र  नतिजा विश्लेषण

टेष्टको चरण

र्‍यापिड डायनोस्टिक टेष्ट

पीसीटेष्ट

नतिजा

STAGE I

भाइरस प्रवेश गरेको पहिलो हप्ता

नेगेटिभ

पोजेटिभ

COVID-19 भाइरसको संक्रमण भएको शुरूको अवस्था र हाल Active Infectionमा रहेको अवस्था

STAGE II

भाइरस प्रवेश गरेको दोश्रो हप्ता

पोजेटिभ

पोजेटिभ

COVID-19 भाइरसको संक्रमण भएको र हाल Active Infectionमा रहेको अवस्था

STAGE III

भाइरस प्रवेश गरेको तेश्रो देखि पाँचौ हप्ता

पोजेटिभ

नेगेटिभ

COVID-19 भाइरसको संक्रमण भएको १४ देखि २१ दिन बितिसकेको र Active Infection नरहेको अवस्था वा विरामी निको हुने चरणमा र हेको अवस्था

यदि

नेगेटिभ

नेगेटिभ

COVID-19 भाइरसको संक्रमण नभएको अवस्था

र्‍यापिड डायनोस्टिक टेष्ट पोजिटिभ हुनासाथ रोग भएको भन्ने होइन (STAGE II and III)


मानिसको शरीरमा कोरोना भाइरसको एन्टीबडी देखिँदैमा कोरोना संक्रमण विद्यमान छ भन्ने पनि होइन । शरीरमा एन्टीबडी देखियो भन्नुको अर्थ त्यो व्यक्तिमा पहिले कोरोनाको संक्रमण भएको तर अहिले निको भइसकेको वा निको हुने चरणमा रहेको तर  Active Infection  नरहेको भन्ने हो । तर कहिले काँही भने एन्टीबडी देखिएपनि कतिपयको शरीरमा अझै पनि भाइरसको मात्रा रहेको हुनसक्छ । त्यस्तो अवस्थामा उनीहरुलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ ।

पिसिआरबाट पनि नतिजा नेगेटिभ (STAGE III)


अहिले ल्याबमा कोरोना परीक्षण गर्ने  भरपर्दो विधि भनेको पिसिआर टेष्ट नै हो । पिसिआर टेष्टले शरीरमा भाइरसको मात्रा मात्रै हेर्ने हो, एन्टीबडी छ कि छैन भनेर हेर्ने अवस्था रहँदैन । जसले गर्दा शरीरले एन्टीबडी निर्माण गरी निको भइसकेको व्यक्तिमा भने नतिजा नेगेटिभ नै आउन सक्छ । त्यसकारण पिसिआर टेष्टमा नेगेटिभ देखिएकाको सम्पर्कमा आएकाहरुलाई पनि उनीबाटै कोरोना संक्रमण सरेको हुनसमेत सक्दछ ।

रोग प्रतिरोधात्मक एन्टिबोडि प्रोटिन  अर्थात् Antibody के हो?


जब मानिसको शरीरमा भाइरस अर्थात् किटाणु पस्छ, त्यसका विरुद्ध हाम्रो शरीरले प्राकृतिक रुपमा नै लड्न थाल्छ । त्यसरी लड्ने क्रममा हाम्रो शरीरको प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टमले एन्टिबडी नामक प्रोटिनको निर्माण गर्छ । त्यस एन्टिबडीले शरीरमा पसेको किटाणुलाई निष्क्रिय पार्ने वा ध्वस्त पार्ने काम गरिदिन्छ । यो क्रममा हामीलाई ज्वरो आउने तथा अन्य लक्षणहरु देखापर्न सक्छ । त्यो भनेको किटाणुको विरुद्ध हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले लडेको कुराको संकेत पनि हो । शरीरमा पसेको किटाणुका विरुद्ध निर्माण भएको एन्टीबडीले पछि पछि त्यही किटाणु शरीरमा पस्यो भने हामीलाई पहिले जस्तो विरामी बनाउन सक्दैन । हामीले अत्तो पत्तो नपाइकनै शरीरमा विद्यमान त्यस किटाणु विरुद्धको एन्टीबडीले लडेर हामीलाई जोगाइरहेको हुन्छ । 

जव भाइरस शरीरमा पस्दछ तव शरीरले एण्टीबडी बनाउन थाल्दछ । कोरोनासँग सम्बन्धित एन्टीबडी IgM र IgG गरी दुई प्रकारको हुन्छ । संक्रमणको शुरूको अवस्था (acute infection) मा शरीरले रोग प्रतिरोधी क्षमताको रूपमा पहिलो चरणको एन्टीबडी वा IgM (इम्युनोग्लोबुलिन एम) निकाल्छ जुन एक सातासम्म मात्र रहन्छ । यसको अर्थ IgM शरीरमा भाइरस प्रवेश गरेको करिब २ सातासम्म रहन्छ र हराएर जान्छ । त्यसपछि शरीरले IgG (इम्युनोग्लोबुलिन जी) निकाल्छ र शरीरमा लामो समयसम्म रहिरहन्छ । जसले भाइरस अर्थात् नकारात्मक प्रोटिनलाई नष्ट गर्न सहयोग पुराउँछ ।