नेपालीहरुको खानामा प्रोटिनको मात्रा कम हुनाले बच्चाहरु नबढ्ने, दिमागको विकाश नहुने वा कम हुने र गर्भवती महिलामा प्रोटिन कम हुँदा बच्चाको विकाश कम हुने हुन्छ । हामीले प्रोटिनको स्रोतको रुपमा प्लान्टबाट उत्पादित गेडागुडि र पशुपंक्षिबाट उत्पादित दुध, अण्डा र मासु खाने गरिन्छ।

प्रोटिनको वनावट एमिनो एसिडवाट हुन्छ । मानिसमा २२ वटा एमिनोएसिडको आवश्यकता पर्दछ । यस मध्ये ८ वटा एमिनो आवश्यक छन् । शरीरले १४ वटा एमिनो एसिड वनाउन सक्दछ भने ८ वटा एमिनोएसिड नियमित रुपमा खानाबाट लिनु पर्दछ ।

मासुलाई दुई भागमा बांडिएको छ सेतो मासु र रातो मासु दुवै मासु न्यूटिसनको हिसावले उत्तिकै महत्वपूर्ण छन् । किनकि मासुबाट पाइने तत्व जस्तै प्रोटिन, आइरन, जिंक र भिटामिन वि १२ सागसब्जी र विरुवा वाट प्राप्त हुदैनन् । सेतो मासु कुखुरा टर्कि खरायो र सामुद्रिक खाना (Sea Food) वाट प्राप्त हुन्छ भने रातो मासु हाँस, भेडा, वाख्रा, वंगुर, भैसी र गाइ गोरु बाट प्राप्त हुन्छ। नेपालमागाई गोरुबाट उत्पादित मासु (विफ) को खपत हुंदैन । विश्वमा मासु खपतको तथ्यांक हेर्दा सबैभन्दा बढि बंगुरको मासु (३८%) त्यसपछि कुखुराको मासु (३१%) विफ (२४%), भेडा वाख्राको मासु (५%) र अन्यमासु (२%) खपतहुने गरेको छ । नेपालको सन्र्दभमा सबैभन्दा बढि भैंसीको मासु (६४%), खसिको मासु (२०%), वंगुरको मासु (७%) र भेडा हांसको मासु (२%) खपतभएको पाइन्छ ।

सेतो मासुको महत्व र स्वास्थ्य

जब उपभोक्ताहरुमा रातो मासुमा भएको फ्याट (Saturated fat) ले रक्तनली र मुटुमा असर गर्दछ भन्ने चेतनाको वृद्धि हुन्छ तव मात्र उनीहरुले सेतो मासुको महत्व बुझ्दछन् । सेतो मासुमा फ्याट कमहुने र मांसपेशीमा भएको Iron हुने प्रोटिन (Myoglobin) नहुने हुँदा रगतमा भएको अक्सिजनलाई मासुमा पु¥याई मासु सेतो बन्दछ । कोलेष्ट्रोल तथा मुटुको समस्या कम गराउनको लागी सेतो मासु उपभोग गर्न डाक्टरहरुले सल्लाह दिन्छन् । सेतो मासुमा ग्लाइकोजन (Glycogen) हुने हुनाले ग्लुकोज साइकन बनाउन मद्दत पुर्याउँदछ ।

अर्के तर्फ रातो मासुले कोलेष्ट्रल, फ्याट र यूरीक एसिड वढाउने, पेट, ठूलो आन्दा पेनकृयाज र छातीको क्यान्सर हुने, जोर्नीहरु सुनिने उक्त रक्तचापहुने र डायविटिज हुने हुँदा मानव स्वास्थ्यको दृष्ट्रिकोणले सेतो मासु उपयूक्त देखिन्छ । कुखुराको मासुको सुप रुघा लाग्दा decongestant को रुपमा प्रयोग गरीन्छ त्यस्तै माछामा ओमेगा ३ फ्याटी एसिड (Omega 3 fatty acid) को मात्रा वढि हुनाले हाड र मांसपेशीलाइ राम्रो वनाउँछ र मुटुको रोग पनि कम लाग्दछ ।

सि.नं.  सेतो मासु रातो मासु
१.   बढि स्वस्थ्यकर हुन्छ । कम स्वास्थ्यकर हुन्छ ।
२.
स्याचुरेटेड फ्याट (saturated fat) र कोलेष्ट्रोल (cholesterol) कम हुन्छ । 
 स्याचुरेटेड फ्याट (saturated fat) र कोलेष्ट्रोल (cholesterol) बढि हुन्छ ।
३.  यसमा क्यालोरीज कम हुन्छ ।  यसमा क्यालोरीज बढि हुन्छ ।
४.   मायोग्लोविन नहुने हुंदामासु सेतो हुन्छ  मायोग्लोविन, Iron, भएको प्रोटिन भएकोले मासु रातो हुन्छ ।
५.  भिटामिन र खनिजतत्वहरु कम हुन्छ ।  यसमा जिंक, आइरन, थायमिन, राइवोफलामिन र भिटामिन वि १२ बढि हुन्छ ।
६.   मृत्यूदर र क्यान्सर रोग कम हुन्छ ।  मृत्यूदर र क्यान्सर रोग  बढि लाग्छ । रातो मासुबाट छोरा मान्छेमा ११ प्रतिशत र महिलामा १६ प्रतिशत मृत्युदर हुने गरेको तथ्यांक छ ।

निश्कर्षः

जनस्वास्थ्यको लागी कस्तो मासु उपयुक्त हुन्छ भन्ने चेतना जनमानसमा जगाउनु पर्दछ । स्वस्थ मासु उत्पाद नगर्न र विभिन्न संक्रामक रोगबाट बच्नको लागी बधशालाको उचित व्यवस्थापन हुनु पर्दछ । निरोगी र स्वास्थकर मासु उपभोग गरी स्वस्थ रहन उपभोक्ताहरु सचेत हुनु आवश्यक छ । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष सेतो मासुको खपतज्यादै न्यून (४.९ के. जी) मात्र रहेकोले मासुको खपत बढाउनु पर्दछ । रातो मासुको दाजोमा सेतो मासु उपयुक्त हुने हुँदा कुखुराको मासु उपभोग गर्न सम्पूर्ण जनमानसमा सिफारिस गरिन्छ ।

Source: www.farm.com.np

Photo from: www.gensupplies.com