मेट्राईटिस:कारण, लक्षण, उपचार र रोकथाम

मेट्राईटिस (Metritis): यो पाठेघरमा कुनै किटाणुको कारणले संक्रमण भएको अवस्था हो । कृत्रिम गर्भाधान गर्दा, राँगो वा साढेबाट वा अन्य कारणले गर्दा पशुको पाठेघरमा जीवाणु, विषाणु वा फंगसको संक्रमण हुन गई त्यो संक्रमणको कारणले शुक्रकीट मर्ने, भ्रुण मर्ने भई बाली लागे पनि गर्भ नरहने तथा पशु उल्टिरहने हुन्छ । यसमा पाठेघरको मुख खुल्ला हुन्छ तर CL भने नहुन पनि सक्छ । यो तीन प्रकारको हुन्छ ।

प्रारम्भिक अवस्थाको संक्रमण (First Degree metritis): प्रारम्भिक अवस्थाको संक्रमणलाई ईन्डोमेट्राइटिस (Endometritis)  पनि भनिन्छ । यसमा पशु रोगी भएको जस्तो लाग्दैन । उल्टिइरहने गाईलाई कृत्रिम गर्भाधान गरिसकेपछि २-३ दिन सम्म कृषकलाई सुत खोलेर हेर्न लगाउने, यदि १ वा २ वटा पनि पीपका छेक्रा देखिएमा यो प्रारम्भिक अवस्थाको संक्रमण हो । 

दोश्रो अवस्थाको संक्रमण (Second Degree Metritis): उल्टिइरहने गाईलाई कृत्रिम गर्भाधान गर्ने बेलामा सर्भिक्स सहित पाठेघरलाई विस्तारै दुँदै जादा रगत वा पीप वा कालो पदार्थ आएमा यो दोश्रो अवस्थाको संक्रमण हो ।

तेश्रो अवस्थाको संक्रमण (Third Degree Metritis): ऋतुकालमा आउदा पीप वा रगत सहितको म्युकस फालेमा यो तेश्रो अवस्थाको संक्रमण हो । यसलाई सेप्टिक मेट्राईटिस (Septic Metritis) पनि भनिन्छ । पशुको शरीरको तापक्रम बृद्धि भएको हुन्छ । यदि लामो समयसम्म यो अवस्था रहिरहेमा गर्भिणी पशुको जस्तो सुत (Valva) र पेल्भिक लिगामेन्टहरु खुकुलो (Relaxation या large pelvic ligaments) हुन गई पुच्छरको फेद/डाँख्लो (Head) अलि माथि उठेको देखिन्छ ।

पाठेघरलाई विस्तारै वरपर गर्दै मालिस गर्दा यदि टोनिसिटी बड्दै गयो भने त्यो पाठेघरको संक्रमण (मेट्राईटि) हुन सक्दछ ।

उपचार तथा रोकथाम (Treatment & Prevention): हुनत पाठेघर आफैमा पनि संक्रमण प्रति स्वतः प्रतिरोध क्षमता भएको अंग हो । त्यसैले धेरैजसो पाठेघर संग सम्वन्धित संक्रमण आफै पनि निको हुने गर्दछन् तर देहायका उपचार विधिहरु मेट्राईटिसको लागी प्रभावकारी छन् ।

  1. प्रारम्भिक अवस्थाको संक्रमण (endometritis) मा: १–२% को lugol’s solution ३०–६० यम.यल. I/U तीन दिनसम्म ।

  2. दोश्रो अवस्थाको संक्रमणमा: २–४% को lugol’s solution ३०–६० यम.यल. I/U तीन दिनसम्म

  3. तेश्रो अवस्थाको संक्रमणमा: ४–५% को lugol’s solution ३०–६० यम.यल=.I/U तीन दिनसम्म

 Intra Uterine Infusion of Antibiotics

  • Penicillin 500000 IU & Streptomycin

  • Prostaglandin (PGF2alpha) injection:

  • पशु सामान्य अवस्थामा नै ब्याएपनि पाठेघरको Involution कमजोर भएमा पनि ईन्डोमेट्राइटिस (Endometritis)    हुन सक्दछ । यस्तो अवस्थालाई कम गर्न गाई भैसीलाई ब्याउनु भन्दा ७५ दिन पहिला देखि दैनिक ४ के.जी. दाना (Concentrate)  दिनु पर्दछ ।

  • पशु ब्याएको २० देखि २८ दिनमा प्रोस्टाग्लान्डिनको सुई दिने र करपस ल्युटियम भएमा पुनः १० देखि १२ दिन पछि दोहो~याएमा ईन्डोमेट्राइटिस (Endometritis)  को समस्या कम गर्न सकिन्छ ।

  • प्रतिजैविक Follicular Phase मा राख्ने तर पोभिडन आयोडिन Luteal Phase मा दिदाँ राम्रो काम गर्दछ ।

  • Intra Uterine infusion with 2% Povidine Iodine पाठेघर (Uterine Membrane) लाई अस्थायी रुपमा सुजन बनाई Prostaglandin उत्पादन गराउँदछ । २५ यम.एल पोभिडन आयोडिन र २५ यम.एल. नर्मल सलाईन वा २५ यम.एल. मेट्रोनिडाजोल मिलाएर पाठेघरमा राख्दा राम्रो नतिजा प्राप्त हुन्छ ।

Auther: Dr. Khagendra Raj Sapkota