बच्चा अड्किने (Dystocia) कारण, पहिचान, उपचार र नियन्त्रण

कहिले काहि माउले आफ्नो बच्चा आफै जन्माउन सक्दैन । यसलाई “ब्याउन नसक्ने अवस्था” वा डिस्टोकिया (Dystocia)  भनिन्छ । ब्याउने समय अस्वाभाविक ढंगले लम्बिएको, प्रशव व्यथाले च्यापेको र बच्चा जन्माउन नसकेको अवस्थालाई प्राविधिक भाषामा डिस्टोकिया भनिन्छ । घर पालुवा पशुहरु मध्ये गाई र भैंसीमा यो समस्या सबभन्दा धेरै हुन्छ । र त्यसमा पनि स्थानिय भन्दा विकासे जातहरुमा ज्यादा देखिन्छ । भेडा/बाख्रामा पनि यो समस्या हुन्छ तर धेरै कम मात्रमा हुन्छ । यस्तो बेलामा जनावरले खान छोड्छ । दुखाइको अनुभव गर्छ । बस्ने उठ्ने गरि रहन्छ । पानीको पोको निकालेको हुन सक्छ । अथवा कुनै कुनै बेला कुनै किसिमको फोहोर नफ्याँकिकन जोडले कन्ने र बच्चा जन्माउन कोशिश गर्ने गर्दछ ।

ब्याउन नसक्ने कारणहरु:- पशुहरुमा साधारणतया २ प्रकारले बच्चा अड्कने हुन्छ ।

क)   माउको कारणले (Maternal Causes)      ख)   बच्चाको कारणले (Foetal Causes)

क) माउको कारणले हुने डिस्टोकियाः

पेटमा बच्चा ठीक अवस्थामा छ र बाहिर आउन बल गरिरहेको हुन्छ तर माउको कारणबाट बच्चा जन्मन सकिरहेको हुदैन भने यसलाई माउको कारणबाट हुने डिस्टोकिया भनिन्छ । धेरै कलिलो उमेरमा गर्भिणी भएमा, माउ लडेर ढाड ठोकिदा, पाठेघरको मुख नखुल्दा, ठुलो साढे, धेरै सानो गर्भको बच्चाको साइज ठुलो हुने हुँदा, दीर्घ रोगी जनावर, जिर्ण शरीर भएको माउ भएमा र पाठेघर बटारिएको अवस्थामा बच्चा अड्किने हुन्छ ।

१.ढाड ठोकिएमाः गर्भिणी पशुहरु लडेर र शरीरको कुनै भाग त्यसमा पनि ढाड ठोकिएमा वा ढाडको विशेष गरेर पछाडिको भाग ठोकिन गएमा पाठेघरको मुख सानो हुने वा पुरै बन्द हुने हुन्छ । यस्तो अवस्थामा अवस्था हेरेर बच्चा निकाल्नुपर्छ । यस्तो पशुलाई अर्को पटक भाले खोजेमा लगाउनु हुदैन ।

२.पाठेघर नै बटारीएमा Torsion of Uterus: यस्तो अवस्थामा साधारणतः गाई भैंसीमा ज्यादा देखिन्छ । भेडा बाख्रा र अरु जनवारमा कम मात्र देख्न सकिन्छ । ठूला पशुहरुमा खासगरि गाई भैंसीको बच्चा अड्कनुमा पाठेघर बटारिनु एक प्रमुख कारण मानिन्छ ।

ख)   बच्चाको कारणले (Foetal Cause) माउको अवस्था ठीक भए पनि यदि बच्चा ठूलो भएमा, जुम्लाहा भएमा बच्चाको बसाई ठीक नभएमा, बच्चाको शारीरिक बिकृति भएमा, बच्चा मरेर सुनिएमा यो समस्या हुन सक्दछ । यसरी बच्चाको असामान्य अवस्थाको कारणले बच्चा अड्कने समस्या आउनुका ३ कारणहरु छन् ।

१.    बच्चाको बसाई ठीक नभएमा  २.    बच्चा ठूलो वा जुम्ल्याहा÷तिम्ल्याहा भएमा  ३.    बच्चाको आकृति नै बिग्रेको भएमा  ब्याउने लक्षणहरुः        शरीरमा अप्ठ्यारोपन आउने ।        छटपटाउने ।        कन्ने, पटक पटक उठबस गर्ने        पेट तिर मुन्टो लैजाने,        पुच्छर बटार्ने साथै पछाडि बल गर्ने ।        दानापानी नखाने ।        श्वास प्रश्वास बढ्ने ।        झोक्राउने ।        पशु कमजोर हुदै जाने ।        गन्हाउने र पातलो दिसा गर्ने ।

उपचारः सकभर वा सकेसम्म जनावरलाई आफै बच्चा जन्माउन दिनु पर्दछ । कतिपय कृषकहरु बेथा लाग्ने बित्तिकै प्राविधिक सहयोगका लागी दौडिएर आउँछन् । वास्तविक समस्या परेको हो वा होइन यकिन गर्नुपर्दछ । हाम्रो उद्देश्य प्राकृतिक ढंगले जन्मियोस भन्ने हुनुपर्दछ । यदि समस्या परेको हो भने कस्तो प्रकारको हो ठम्याउनु पर्दछ । सामान्य सहयोगले बच्चा जन्मिन सक्छ अथवा गम्भिर ढंगको सहयोगको आवश्यकता छ , त्यसको एकिन गर्नु पर्दछ । यसका निम्ति नङ्ग काटिएको राम्ररी साबुन पानीले धोएको प्राविधिकको हातले योनिबाट बच्चाको अवस्था जिउँदो वा मरेको टाउको वा खुट्टा बटारिएको अथवा Cervix नखुलेको वा खुलेको र पाठेघर बटारिएको हो वा होइन सम्पूर्ण जाँच पडताल गर्नुपर्दछ । जाँच गर्दा सावधानीपूर्वक संवेदनशीलताका साथ गर्नु पर्दछ । जथाभावी बलको प्रयोग कहिल्यै गर्नु हुदैन । वास्तविक समस्या पहिचान गरी उपचार कार्य शुरु गर्नु पर्दछ ।

कसरी थाहा पाउने

  • बच्चा समयमा जन्मदैन
  • पशु राम्ररी “कम” लाएको हुदैन र ब्याउने पशुले देखाउने कुनै पनि लक्षण देखाउदैन, यस्तो प्रकारको अवस्था भएमा माउलाई प्रोस्टाग्लाण्डिन जस्ता सुईहरु दिएर पाठेघर खोल्नुपर्छ र बच्चा निकाल्ने व्यवस्था मिलाउनु पर्छ ।

नोटः हात राख्नु भन्दा पहिले पशु धनि सँग सोध्ने निम्न प्रश्न सोध्न भुल्नु हुदैन ।

  • व्यथा लागेको कति घण्टा भयो
  •  टुँगो पुग्यो कि पुगेको छैन
  • यो भन्दा अगाडी कसैले हात हाल्यो कि
  • पानी थैली फालेको छ छैन
  • पहिला बेतमा पनि यस्तो समस्या आएको थियो

(पशु हेरेर वा अवस्था हेरेर) साथै हात राख्नु भन्दा अगाडी आफ्नो र आवश्यक सामाग्री तयार गर्ने)