गाइभैसीमा ऋतुकालको बिश्लेषण, प्रजनन अवस्था

 

गाइभैसीमा ऋतुकालको बिश्लेषण र प्रजनन अवस्थाः पोथी पशुले एकपटक भाले खोजेको समय देखि अर्को पटक पुनः भाले खोज्ने समयसम्मको अवधिलाई ऋतुचक्र (Estrus Cycle) भनिन्छ भने गाईभैंसीले कामना (Sexual Desire) देखाउने अवस्थालाई वा पोथीले भाले खोज्ने समयलाई ऋतुकाल (Estrus) भनिन्छ । यो लक्षण देखाउने समयलाई गाई गर्भिएको (Heat Period)  पनि भनिन्छ ।

गाईभैंसीहरूले विभन्न अवस्थामा ऋतुकालको लक्षण देखाउने गर्दछन तर कृत्रिम गर्भाधान कर्ताहरूले कुन प्रकारको ऋतुकालमा प्रजनन गराउने र कुनमा नगराउने भन्नेबारे पूर्ण जानकारी लिनु अति आवश्यक हुन्छ । यहाँ ऋतुकालको प्रकार र प्रजनन हुने वा नहुने अवस्था वारे जानकारी गराउन खोजिएको छ ।

१. Split heat: यदि पशु ऋतुकालमा आएको २/३ दिनमा पुनः ऋतुकालमा आयो भने यो Split heat को अवस्था हुन सक्दछ । यो कहिलेकाँही पशुहरु प्रोइस्ट्रस (Pro-estrus) मा नै ऋतुकालमा आएर, ऋतुकालको जस्तै लक्षण देखाएको अवस्था हो । Split Heat मा ऋतुकालको पूर्ण लक्षण देखाउँछ र फोलिकल पनि राम्रो सँग विकसित हुन्छ यसैले यो अवस्था प्रजननका लागि राम्रो मानिन्छ ।

२. Cystic Heat:  यदि पशु ऋतुकालमा आएको ४/८ दिनमा पुनः ऋतुकालमा आएर २/३ दिनसम्म लगातार ऋतुकालको लक्षण देखिएमा cystic ovaries को अवस्था हुन सक्दछ । यो गाइमा बढी हुन्छ । यो अवस्था वा ऋतुकाल प्रजननका लागि राम्रो मानिदैन।

३. Mild Cycle Heat: यदि पशु ऋतुकालमा आएको १०/११ दिनमा पुनः ऋतुकालमा आएमा यो mild cycle heat को अवस्था हुन सक्दछ ।  यस्तो अवस्थामा पाठेघरको परीक्षण गर्दा पाठेघरको लचिलोपना (Tonus) सामान्य हुन्छ, एउटा वा दुवै डिम्वाशयमा एक वा एक भन्दा बढी फोलिकल्स र राम्रोसँग विकसित भएको करपस ल्युटियस (Active CL) हुन्छ । धेरैजसो अवस्थामा CL डिम्बाशयबाट बाहिरतिर निस्केको र बीचमा खाल्टो परेको (Crown shape) हुन्छ । तर सामान्य ऋतुचक्रमा CL चाक्लो, (Flat) वा चुच्चो परेको (Conical) हुन्छ, Crown shape को हुदैंन । CL र फोलकल वा धेरै फोलिकल्स एउटै डिम्वाशयमा वा फरक फरक डिम्वाशयमा हुन सक्दछ । यो अवस्थामा प्रजनन योग्य अवस्था होइन, त्यसैले कृषकलाई १०/१२ दिनसम्म ऋतुकालको अवलोकन गर्न लगाउने वा PGF2ά को सुई लगाएर ७२–९६ घण्टामा ऋतुकालको लक्षण आएपछि कृत्रिम गर्भाधान गर्नुपर्दछ ।

४. Regular heat: यदि पशु ऋतुकालमा आएको २०/२२ दिनमा पुनः ऋतुकालमा आएमा यो नियमित ऋतुकाल (Regular heat) वा उल्टिरहने (Repeat breeder) अवस्था हुन सक्दछ । यो अवस्थामा पशुलाइ प्रजनन गराउन सकिन्छ ।

५. Missed Heat/ Silent Heat: यदि पशु ऋतुकालमा आएको ४२/४५ दिनमा पुनः ऋतुकालमा आएमा यो missed heat वा silent heat को अवस्था हुन सक्दछ । यस्तो अवस्थामा Vitamin E को सुई र उमारेको चना र गहुँ खुवाएमा राम्रो नतिजा आउँछ । यसमा रगतमा भिटामिन–सि को मात्रा कम हुन्छ त्यसैले भिटामिन सि को सुई 1500 mg दिएमा करपस ल्युटियम र thecal wall of follicle राम्रोसँग विकसित हुन्छ, जसले गर्दा बढी Androgens उत्पादनमा सहयोग पुगी ऋतुकालको लक्षण राम्रोसँग देखिन्छ । यो अवस्थामा पशुलाइ प्रजनन गराउन सकिन्छ ।

६. Post Partum Heat: यदि पशु ब्याएको १०/२७ दिनमा पुनः ऋतुकालमा आएमा यो post partum heat को अवस्था हुन सक्दछ । यदि पशुलाई गर्भावस्थामा राम्रोसँग सन्तुलित आहारा खुवाएको छ भने यति छोटो अवधिमा नै पशु ऋतुकालमा आउँछ । तर कृत्रिम गर्भाधान गर्न पशु व्याएको कम्तिमा पनि ४५ देखि ६० दिन हुनुपर्दछ किनकी पाठेघर राम्रोसँग इन्भुलेसन (Physiologically insulated) भएको छैन भने पशुले वीर्यको विरुद्ध Antibodies बनाउँदछ र गर्भ रहदैंन । यदि ६०–९० दिनको बीचमा कृत्रिम गर्भाधान गरियो भने प्रजनन दर राम्रो हुन्छ ।

७. Post Abortion Heat: यदि पशु तुहिएको ३०/४५ दिनमा पुनः ऋतुकालमा आएमा यो Post Abortion Heat को अवस्था हुन सक्दछ । यसमा पशुले सफा सेप फ्याकेपनि पाठेघरको लचिलोपना ठीक भएपनि, पाठेघर को हाँगाको Tubularity र flat / consistency कडा हुन्छ । यो अवस्थामा कम्तिमा पनि २ ऋतुकाल कृत्रिम गर्भाधान नगरिकन छोडिदिनु पर्दछ, यदि कृत्रिम गर्भाधान गरियो भने पुनः तुहिन सक्छ । पहिलो ऋतुकालमा Furea bolus वा २५ एम.एल. नर्मल सलाएनमा १० ग्राम युरिया र १० एम.एल. Gentamycin घोलेर पाठेघरमा राख्न सकिन्छ ।

८. Gestational Heat: यदि व्याउने पशु गर्भीणी अवस्थामा हुदाँहुदैं ऋतुकालमा आएमा यो Gestational Heat को अवस्था हो ।  यसमा पशु ३/५ महिनामा वा यो भन्दा पनि बढी समयमा ऋतुकालमा आउँछ । यसको कारण डिम्बोत्सर्ग हुने बेलामा LH हर्मोनले करपस ल्युटियम लाई कम उत्तेजित (poor stimulation) गराएर हुन सक्दछ वा शरीरले बढी मात्रामा प्रोजेस्टेरोन हर्मोन उत्पादन गर्नको लागि हुन सक्छ । यस्तो अवस्थामा पशुको गर्भको पहिचान पछि मात्र कृत्रिम गर्भाधान गर्नुपर्दछ ।

लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा ।