कुखुरालाई कक्सिडियोसिस भएको कसरी पत्ता लगाउने?

बाह्य परिक्षण

-

  • खोरभित्र सुलीको निरिक्षण गर्ने र पत्ता लगाउने सुलीमा रगतको रातो रङ छ कि छैन? कक्सिडियोसिस हुँदा सुलीमा रगतको रातो देखिन सक्छ ।
  • सुली पूर्ण रातो नदेखिएपनि सुलीसँग मिसिएको रगतको कारणले चकलेटी रंग देखिन सक्छ ।
  • रगत नास हुनाको कारणले आन्तरिक एवं बाह्य अंगहरु फिक्का (anemic) देखिन्छ । विशेषत: छातीको मासुमा अधिक सेतोपना देखिन सक्छ । 

पोस्टमार्टम

  • सिका (caeca) भनिने ठुलो जुम्ले आन्द्रामा वा सानो आन्द्रा (small intestine) मा वा दुवैमा काटेर हेर्दा रगत देखिन सक्छ ।

माइक्रोसकोपबाट परिक्षण

  • आन्द्राको scrapping नमुना लिएर माइक्रोस्कोपमा हेर्दा आइमेरिया नामक प्रोटोजुवाका अण्डाहरु देखिन्छ जसलाई oocyst भनिन्छ ।

फोटोको श्रोतहरु: www.thepoultrysite.com

                     www.backyardchickens.com

                     Madhyapaschim Poultry Diagnosis & Vet Pharma