. गर्भिणी (Pregnancy): गाई, भैसीपालन व्यवसायबाट कृषकले बढी भन्दा बढी फाईदा लिन एक बर्षमा एक पटक गाई, भैसी व्याउनु पर्दछ  भनिन्छ । यस किसिमले व्यवस्थापन गर्न सक्दा मात्र व्यवसायिक कृषकले फाईदा प्राप्त गर्न सक्दछन् । गाई, भैसीलाई बाली लगाई सके पछि ब्याउने भयो/भएन भनि प्राबिधिकले छुट्याउन सक्नु पर्दछ । साधारणतया गाई, भैसीलाई बाली लगाए पछि १९–२१ दिनमा पुन बाली खोज्दछ र तर यसरी पुन बाली नखोजेको अवस्थामा गाई, भैसी व्याउने भएको अनुमान गर्न सकिन्छ । व्याउने भए पछि गाई, भैसीको स्वभावमा परिवर्तन आउने, फाँचो विकसित हुने आदी जस्ता लक्षणहरु व्याउने गाई, भैसीले देखाउने गर्दछन् । तर कहिले काँही बाहिरबाट हेरेर गरेको परीक्षणले काम नदिई धोका पाउन सकिन्छ । त्यसैले गाई, भैसी व्याउने÷नब्याउने छुट्याउन बिभिन्न तरीकाहरु विकास भएका छन् । गर्भ परीक्षण गर्नाले गाई, भैसी व्याउने नव्याउने समयमा नै पत्ता लागी नव्याउने भएमा उपचार गर्न सहयोग पुग्दछ । व्याउने भएको अवस्थामा व्याउने गाई भैसीको आहारा व्यवस्थापन गर्न सकिन्छ जसले गर्दा आउने बेतमा गाई, भैसीले बढी दुध उत्पादन गर्दछ ।

२. मन्द ऋतुकाल (Silent Heat/Non Visible Oestrus): मन्द ऋतुकाल नेपाली पशुपालक कृषकहरुका बीच एउटा ठूलो प्रजनन् समस्याको रुपमा रहेको छ । बिषेश गरी भैसीमा, बढी दुधालु (Heavy milkers) पशुहरुमा र ब्याएपछि पहिलो ऋतुकाल (First postpartum estrus) मा यो समस्या बढी देखिन्छ । यसका लागि गाई भैसीले कहिले साढे रागो खोज्न सक्दछ भन्ने कुराको भविष्यवाणी (Prediction) गर्न आवश्यक छ ।

उपचार तथा निवारण (Treatment and Prevention):

  • lugol’s solution 2%  @ 10-20 ml intrauterine infusion in luteal phase मा ३ दिन सन्म दिने ।
  • PGF2∞ @12-15 mg IM in Diestrus and Luteal phase (यदि डिम्बाशयमा सक्रिय करपस ल्युटियम भएमा मात्र दिने)
  • E-Care-Se को सूइ १० यम.यल का दरले मासुमा ३ दिन सम्म १ दिन बिराएर दिने ।
  • Prajana/Banjana/Ranjana दिने ।
  • Mineral Mixture/Totavet/CoFeCu दैनिक २० दिन सम्म दिने ।
  • दानामा प्रोटिनको मात्रा बढाउने (पिना दिन सकिन्छ) । यस्ता पशुहरुलाई दिनको १/२ के.जी. गहुँ र १/२ के.जी. चना २४ घण्टा सम्म भिजाएर टुसा उम्रिसकेपछि उमालेर दैनिक ३० दिन सम्म दिदा राम्रो नतिजा देखिन्छ ।
  • प्रतिदिन थप १/२ देखि ३/४ भाग कार्बोहाईड्रेट युक्त दाना (Concentrate)  दिने ।
  • प्रतिकृया समय लामो (Long reaction time) भएका साँढे वा रागोलाई प्रतिकृया समय छोटो (Short reaction time) भएका साँढे वा रागोसँग प्रतिस्थापन गर्ने ।

३. पायोमेट्रा (Pyometra): यो पाठेघरमा पीप जम्मा भएको अवस्था हो । यदि पाठेघरमा कुनै कारणबस पीप बनाउने जिवाणु (Pyogenic Bacteria) हरुको संक्रमण हुन गयो भने त्यहाँ पीप बन्न थाल्दछ र यो अवस्थामा डिम्वाशयमा कर्पस ल्यूटियम (CL)  रहिरहने भएकोले पाठेघरको मुख बन्द भईरहन्छ र पाठेघरबाट पीप वा तरल पदार्थ वाहिर आउन पाउँदैन । पाठेघरमा हुने अन्तः संक्रमण लाइ समयमै उपचार नगरे पनि पीप जम्मा हुदै गएर पायोमेट्रा हुनसक्छ ।

निदान  (Diagnosis):  यसमा पाठेघरको मुख खुल्ला हुदैन तर कर्पस ल्यूटियम (CL) भने रहिरहन्छ, पाठेघरको सुजन हुन्छ । कहिलेकाँही कर्पस ल्यूटियम पनि हुने र पाठेघर पनि ठूलो हुने भएकोले गर्भ छ कि भनि झुक्काउन सक्दछ तर यसमा गर्भवतीमा जस्तो बच्चाको सतहमा हुने चिल्लोपना (Fetal Membrane Slipary) भने हुदैन । पाठेघरमा हुने लचिलोपना (Tone)  पनि हुदैन । यो सामान्यतया पाठेघरको एउटा हाँगामा (Unilateral)  मात्र हुन्छ तर कहिलेकाही दुबै हाँगामा (Bileteral)  हुन पनि सक्दछ, यसले गर्दा पनि गर्भ छ कि भनि झुक्काउन सक्दछ । कहिलेकाही पशुलाई ज्वरो आउने, आहारा खान रुची नगर्ने तथा पशुको अवस्था विग्रदै जान सक्दछ ।

उपचार (Treatment): यसको उपचार गर्न कर्पस लुटियमलाई हटाई पाठेघरको मुख खुलाउन प्रोस्टागलान्डिन दिने साथै पीप निकाल्न ४० देखि ६० आई.यु. अक्सिटोसिनको सुईलगाउने र संगै ठूलो दायराको प्रतिजैविक (Broad spectrum Antibiotic) को सुई लगाउनु पर्छ । उपचार पश्चात् एक ऋतुचक्र छोडी अर्को ऋतुकालमा कृत्रिम गर्भाधान गराउनु राम्रो हुन्छ । यदि २ महिना भन्दा बढी समयको अवस्थामा यसको उपचार सफल नहुन सक्दछ ।

  • Prostaglandin/Dinoprost/PGF2∞ (Lutalyse, Prosolvin, Illerin) @25-30 mg IM and repeat 2nd injection in 15 days after first injection
  • Uterine Irrigation & Intra Uterine Infusion
  • Vitamin A & Selenium injection is advised

 ४. भ्रुण ४५ दिन भित्र मर्नु (Early embryonic death):  भू्रण बनिसकेपछि पनि मर्ने धेरै कारणहरु हुन्छन् । बनेको भ्रूण ४५  दिन भित्र मर्नुलाई भ्बचथि भ्mदचथयलष्अ म्भबतज भनिन्छ र उल्टिने गाईको ऋतुचक्रको अबधि हेरेर भ्बचथि Early Embryonic Death को शंका गर्न सकिन्छ । भ्रूण १६ दिन भित्र मरेको भए ऋतुचक्र को अबधि सामान्य रहन्छ तर ज्ञट दिनपछि मरेको भए ऋतुचक्रको अवधि लम्बिन जान्छ ।

यसका कारणहरु निम्नानुसार हुन सक्छन

  • निषेचन (फर्टिलाईजेशन) हुनु पहिले वीर्य पाठेघरमा धेरै समयसम्म बस्नु परी कमजोर हुनु  । (Aging)
  • निषेचन (फर्टिलाईजेशन) हुनु पहिले डिम्ब धेरै समयसम्म बस्नु परी कमजोर हुनु । (Aging)
  • अन्त प्रजनन्हा/डनातामा प्रजनन् (Inbreeding) भएको गाई वा साढे हुनु ।
  • पर्याप्त मात्रामा पाठेघरको श्राव÷दुध (Uterine milk) नहुनु ।
  • प्रोजेस्टेरोन हर्मोनको कमी हुनु (केही बैज्ञानिकहरु यसमा सहमत छैनन्) ।
  • बिभिन्न कारणले संक्रमण हुनु ।

समाधानका उपायहरु

  • कृत्रिम गर्भाधान गर्ने समयलाई मिलाउने ।
  • वीर्य वा साढे बदल्ने ।
  • तनाव भएको अवस्थामा कृत्रिम गर्भाधान नगर्ने किनकी तनावले शरीरमा एर्डिनालिन उत्पादन गरी अक्सिटोसिन हर्मोनलाई उत्पादन हुन दिदैन र भु्रणको पारबहनमा असर पार्दछ ।
  • कृत्रिम गर्भाधान गर्नु पहिले वा पछि प्रतिजैविक (Ciprofloxacin 20 ml I/U) ले उपचार गर्ने ।
  • प्रतिजैविक Gentamycin २०० यम.जी.  लाई ३० यम.एल. डिस्टील पानीमा घोलेर कृत्रिम गर्भाधान गरेको १८ देखि २४ घन्टामा पाठेघरमा राख्ने ।
  • कृत्रिम गर्भाधान गर्दाको समयमा ल्युटिनाईजिङ्ग हर्मोन (L.H. 1500-2000 IU) दिने जस्ले गर्दाकर्पस ल्युटियम बन्नमा, प्रोजेस्टेरोन तथा पाठेघरको दुध/श्राव (Uterine milk) बनाउनमा मद्धत गर्छ ।

©लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा