कडकनाथ कुखुरा ! जसको मासु र अण्डा पनि कालै

 

कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ | कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ । भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा, भारत को आदिबासी समुदाय मा लोकप्रिय छ | 

आदिवासी समुदायले यो प्रजाती को कुखुरालाई विभिन्न चाड्पर्ब, देबिदेउता लाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जस्का कारण जङ्गल भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।

बि एम सी अन्तर्गत प्रमुख ३ जात छन् जसमा : १ कडक नाथ, २. सिल्की, ३. आय्यम सेमानी हुन । त्यसमा पनि कडकनाथ प्रजातिको कुखुरा पालान र यसको ब्यवसायले नेपाल मा राम्रो सम्भावना बोकेको छ । कडकनाथ कुखुराको मुख्य बिसेशता भनेको स्थानीय बातावरण मा सहजै बढ्ने, रोग प्रति रोधात्मक छेमता भएको, केहि गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुन सक्ने र त्यस्तो वातावरणमा राम्रो सँग हुर्किन सक्नु हो । त्यसैले नेपाल को तराइ र पहडी भेगमा यो प्रजातिको कुखुरा को राम्रो सम्भावना देखिएको छ ।

पोषण तत्व

१) प्रोटिन को मात्रा २५% भन्दा बढी हुन्छ साधारन्तय चराहरुमा १८ देखि २० % सम्म मात्र प्रोटिन हुन्छ |

२) cholesterol को मात्रा 0.७३ – १ .०५ % जबकि सेतो कुखुरा मा १३ – २५ % cholesterol हुन्छ |

३) अमीनो एसिडको मात्रा उच्च हुन्छ!

४) भिटामिन B1, B2, B6, B12, C र E, niacin, protein, fat, calcium, phosphorus, iron, nicotinic acids आदि रहेको हुन्छ |

मेडिसनल महत्व
१ ) महिलाहरु मा देखिने बाजोपन को उपचार, मष्तिस्क सम्बन्धित रोग, मुटु सम्बन्धित रोग हुने हरुको लागि यो जातको कुखुरा को मासु राम्रो हुन्छ|

२) दिर्घकालीन रोग हरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोग हरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ ।

३) Blood Pressure को समस्या हुने हरुका लागि पनि यस्को मासु औषधी को रुपम प्रयोग हुँदै आएको छ ।

४) यो कुखुरा को मासुमा हुने पोषण तत्वहरु कारण, रोग प्रतिरोधक को रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।

५ ) यसको अण्डा मा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याट को मात्र कम हुने हुदा मानव स्वास्थ्य को लागि अति उत्तम हुन्छ | यस्को प्रयोग ले टाउको दुख्ने , रिङ्गटा लाग्ने र किड्नी को समस्या लाई नि कम गराउछ ।

नेपाल मा कडक नाथ जात को कुखुरा को ब्यबसायिक सम्भाना छ र हालसालै कहिँ कतै यसको पालन समेत गर्न थालिएको छ | यो कुखुरा नेपाल जस्तो हावापानी मा सजिलै गर्न सकिन्छ | हेर्दा कालो हुने हुदा धेरै ले यसलाई मन नपराउने भएता पनि यसको पोषण तत्व को हिसाब ले उत्कृस्ट कुखुरा को मासु मा कालो कुखुराको मासु पर्छ|

श्रोतः http://www.osnepal.com/203400