अण्डा पार्ने समयमा पुग्दा प्यारेन्ट पोथीको तौल तोकिएको Standard तौल भन्दा धेरै कम वा अधिक भएको खण्डमा देखिने समस्याहरु
अण्डा पार्ने समय (Point of Lay) सम्म पुग्दा पोथीले मानक (standard) तौल हाँसिल गर्न नसके के हुन्छ?
- अण्डा उत्पादन ढिलो सुरु हुन्छ ।
- धेरै अण्डाको आकार बिग्रन्छ र मेसिनमा सेटिंग गर्न लायकको हुँदैन ।
- लामो समयसम्म सानो आकारको अण्डा उत्पादन भैराख्छ ।
- म्यानुअल वा गाइडमा तोके बमोजिम पिक प्रोडक्सन प्राप्त हुनसक्दैन ।
- फरटिलिटी समेत कम हुन्छ (भाले नलागेको वा अण्डाभित्र भ्रुण नभएको) । यस्तो अण्डाबाट चल्ला उत्पादन हुँदैन ।
अण्डा पार्ने समयसम्म पुग्दा पोथीको तौल तोकिएको मानक तौल भन्दा अत्यधिक धेरै भए के हुन्छ?
- तोकिएको भन्दा छिटो अण्डा उत्पादन हुन्छ जुन राम्रो होइन । तोकिए भन्दा छिटो उत्पादन दिने पोथीको उत्पादन क्षमतामा छिट्टै नै ह्रास आउँछ ।
- डबल आकारको अण्डा (Jumbo egg) को उत्पादन धेरै मात्रामा हुन्छ । डबल साइज अण्डाबाट चल्ला उत्पादन हुँदैन ।
- छिटो नै उच्चतम उत्पादन दिन्छ र उत्पादन क्षमता पनि दिर्घकालिन नभएर छिट्टै नै ह्रास हुन्छ ।
- ह्याचिंग प्रतिशत (Hatchability) कम हुन्छ ।
- फरटिलिटी (Fertility) पनि कम हुन्छ ।
- कुखुराको पौष्टिक आवशयकता बढी हुन्छ र आर्थिक रुपमा दाना खर्च बढी हुन् आउँछ ।
- भडार फर्किएर (Prolapse) मर्ने समस्या अधिक देखिन्छ
डा. विवेक बन्धु रेग्मी
कंशलटेन्ट भेटः मध्यपश्चिम पोल्ट्री डायग्नोसिस एण्ड भेट फर्मा, तुलसीपुर, दाङ
प्राविधिक निर्देशकः हाइजिन एग्रो प्रा लि, घोराही, दाङ