अण्डा पार्ने समय (Point of Lay) सम्म पुग्दा पोथीले मानक (standard) तौल हाँसिल गर्न नसके के हुन्छ?

  • अण्डा उत्पादन ढिलो सुरु हुन्छ ।
  • धेरै अण्डाको आकार बिग्रन्छ र मेसिनमा सेटिंग गर्न लायकको हुँदैन ।
  • लामो समयसम्म सानो आकारको अण्डा उत्पादन भैराख्छ ।
  • म्यानुअल वा गाइडमा तोके बमोजिम पिक प्रोडक्सन प्राप्त हुनसक्दैन ।
  • फरटिलिटी समेत कम हुन्छ (भाले नलागेको वा अण्डाभित्र भ्रुण नभएको) । यस्तो अण्डाबाट चल्ला उत्पादन हुँदैन । 

 अण्डा पार्ने समयसम्म पुग्दा पोथीको तौल तोकिएको मानक तौल भन्दा अत्यधिक धेरै भए के हुन्छ?

  • तोकिएको भन्दा छिटो अण्डा उत्पादन हुन्छ जुन राम्रो होइन । तोकिए भन्दा छिटो उत्पादन दिने पोथीको उत्पादन क्षमतामा छिट्टै नै ह्रास आउँछ ।
  • डबल आकारको अण्डा (Jumbo egg) को उत्पादन धेरै मात्रामा हुन्छ । डबल साइज अण्डाबाट चल्ला उत्पादन हुँदैन ।
  • छिटो नै उच्चतम उत्पादन दिन्छ र उत्पादन क्षमता पनि दिर्घकालिन नभएर छिट्टै नै ह्रास हुन्छ ।
  • ह्याचिंग प्रतिशत (Hatchability) कम हुन्छ ।
  • फरटिलिटी (Fertility) पनि कम हुन्छ ।
  • कुखुराको पौष्टिक आवशयकता बढी हुन्छ र आर्थिक रुपमा दाना खर्च बढी हुन् आउँछ ।
  • भडार फर्किएर (Prolapse) मर्ने समस्या अधिक देखिन्छ

डा. विवेक बन्धु रेग्मी
कंशलटेन्ट भेटः मध्यपश्चिम पोल्ट्री डायग्नोसिस एण्ड भेट फर्मा, तुलसीपुरदाङ
प्राविधिक निर्देशकः हाइजिन एग्रो प्रा लि, घोराहीदाङ