गाईभैसीलाई दैनिक पानीको आवश्यकता

गाईभैसीलाई दैनिक पानीको आवश्यकता

आम नेपाली गाईभैसी पालन गर्ने किसानहरु दूध उत्पादनको मात्रा र दूधको गुणस्तर फ्याट, एस एन एफ प्रतिशत वृद्दि गर्नको लागी सामान्यतया घाँस (पात, आहारा, दानाको विषयमा केही सजग हुन थाले पनि पशुको दैनिक पानीको आवश्यकता पूर्ति गर्ने कुरामा त्यत्ति सजग भएको देखिंदैन। वास्तवमा दुधालु पशुहरूबाट उच्चतम दूध उत्पादन लिनको खातिर पशुको लागी सबैभन्दा महत्वपूर्ण पोषक तत्व मध्ये एक पोषक तत्व पानी पनि हो।

यदि हामीले दूधको रासायनिक संरचनालाई राम्रो सङ्ग केलाउने हो भने दूधमा करीब (करिब ८७ प्रतिशत भाग पानी हुन्छ, करीब ८९ प्रतिशत भाग एस.एन.एफ हुन्छ र करीब ४६ प्रतिशत फ्याट हुन्छ। त्यो भनेको दूधमा पानी बाहेकको तत्व त १३१४ प्रतिशत मात्र हुन्छ। सामान्यतया किसानहरुले पशुलाई दिनको २३ पटक पानी दिने गर्छन्, त्यो पनि आफुलाई पायक परेको बेला मात्र। दूधको रासायनिक संरचनाले नै स्पष्ट इंगित गर्छ कि दुधालु पशुबाट अधिकाम उत्पादन लिने हो भने पशुलाई ठोस आहाराको अलावा २४ सै घण्टा स्वच्छ एवं सफा पानी पिउनलाई उपलब्ध गराइदिनु पर्दछ। किनभने एक स्वस्थ दुधारु पशुलाई दैनिक ७०८० लिटर पानी आवश्यक पर्ने हुन्छ र यदि पशुले दूध दिइरहेको अवस्था छ भने प्रति १ लिटर दूध उत्पादनको लागी अतिरिक्त २.५ लिटर पानी दिनुपर्ने हुन्छ।

यदि हामीले पशुलाई सहि मात्रामा सन्तुलित आहारा त दिइरहेका छौँ तैपनि यथोचित मात्रामा पानी दिएनौँ भने पानीको अभावमा उपरोक्त ठोस आहारा राम्रो सङ्ग पच्न सक्दैन। पाचन राम्रो भएन भने आहारामा भएको पोषक तत्व विभिन्न अंगहरुसम्म पुग्न सक्दैन। आहारामा भएको पोषक तत्व घुल्नको लागी, पच्नको लागी र पचेको कुरा आन्द्राबाट सोशिनको लागी पनि यथेष्ठ मात्रामा पानी आवश्यक पर्दछ। साथसाथै, पानी यसकारण पनि महत्वपूर्ण छ कि आहारा पाचन हुने क्रममा थुप्रै टक्सिन र विषाक्त पदार्थ बनेको हुन्छ र तिनलाई पिसाबको माध्यम हुँदै शरीर बाहिर निकाल्नको लागी पनि पर्याप्त मात्रामा पानी चाहिने हुन्छ। अर्को महत्वपूर्ण कुरा दुधालु गाईभैसीमा जब गर्मि मौसम आउँछ पशुहरुको शरीरको तापक्रम अधिक बढ्न नदिनको लागी पनि पानीको निकै ठूलो भूमिका हुन्छ। विशेष गरि बढी दूध उत्पादन दिने उच्च नश्लको पशुहरुमा गर्मीयाममा हिट स्ट्रेसको समस्या बढी देखिन्छ र सो समस्यालाई न्यूनीकरण गर्न पनि पर्याप्त पानी अपरिहार्य छ।     

प्राय गरी पुरानै अव्यवस्थित शैलीमा पशुपालन गरिरहेका किसानहरुले आफ्नो सुबिधा अनुसार दिनको २३ पटक पशुलाई पानी दिने गरेको पाइन्छ। यसरी गाईभैसीको दैनिक पानी आवश्यकता पूर्ति हुन सक्दैन। तर व्यबस्थित र व्यवसायिक रुपमा पशुपालन गर्ने किसानहरुले यसरी व्यबस्था मिलाएका हुन्छन कि ठोस आहाराको अलावा पशुहरुलाई २४ सै घण्टा पानी प्यूनको लागि उपलब्ध होस्, र पशुहरुले आफुलाई प्यास लाग्ने वित्तिकै जतिखेर पनि सहजै पिउन सकुन्।