सबै घ्यारघ्यार सि.आर.डि. (C.R.D) होइनन

सबै घ्यारघ्यार सि.आर.डि. (C.R.D) होइनन

कुखुरा पालन ब्यवसायमा घ्यारघ्यारको समस्या अहिले प्रमुख रोगको रुपमा देखिन्छ। कुखुराले घ्यारघ्यार गर्ने बितिकै सि आर डि (C.R.D) अर्थात क्रोनिक रेस्पीरेटरी डिजिज भनी ट्यामुलिन र ट्यामुटिन जस्ता एन्टिबायोटिक प्र्योग गर्ने प्रचलन आम नेपाली किसानगरुमा रहेको पाइन्छ। वास्तवमा भन्दा घ्यारघ्यार कुनै बिशेष रोग नभइ बिभिन्न रोगहरुको साझा लक्ष्यण हो। ब्याकटेरिया, भाईरस, ढुसी र अनुपयुक्त तापक्रर्म भेन्टिलेसनको कारण्ले गर्दपनी कुकुरामा घ्यारघ्यारको अर्थात श्वासप्रश्वासका समस्या देखिन्छ।

कुखुरा जन्मजात्नै श्वासप्रश्वासका रोगहरु बाट बढी प्रन्हाबित हुन्छन। कुखुराको श्वासप्रश्वास प्रणाली अन्य जनाबर्को तुलनामा फरक हुन्छ। कुखुराको फोक्सोको तन्कने र खुम्चने क्ष्मता अन्य जनाबरको तुलनामा निकै काम हुन्छ। कुखुरामा डायफ्राग्म पनि हुँदैन, फोक्सोका रक्तनलिहरु मसिना र कम्जोर हुन्छन। फोक्सोका अलबा बिभिन्न किसिम्का हावा थैलीहरुले श्वासप्रश्वासमा भाग लिन्छन। तसर्थ अन्य प्राणिको तुलनामा कुखुरामा श्वासप्रश्वास सम्बन्धी रोगहरुबाट बढी प्रभाबित हुन्छन। माम्सपेशीको बिकासको तुलनामा ब्रोइलर कुखुरामा फोक्सोको बिकास कमहुनाले ब्रोइलरहरु यि रोगहरु बाट अझ बढी ग्रसित हुन्छन। घ्यारघ्यारलाई श्वासप्रश्वास सम्भन्धी रोगको मुख्य लक्ष्यणको रुपमा लिइन्छ।

के के हुन त घ्यारघ्यार लक्ष्यण देखिने रोगहरु

क्रोनिक रेस्पिरेटेरी डिजिज (C.R.D)

  • यो रोगमा इकोप्लास्माग्यालिसेप्तिकम भने ब्याक्टेरियाले लगाउने रोग हो ।
  • यो रोगला्गेमा श्वासप्र्श्वास गने गार्हो हुने, मुखखोलेर श्वास फेर्ने , हाक्छयु गर्ने, नाक्बाट सिगानबज्ने, आँखामा कचेरा देखिने र मुख वरीपरिको भाग सुनेने जस्ता लक्ष्यणहरु देखिन्छन।
  • एकचोटी लागिसके पछी यो रोग खोरमा लामो समयसम्म रहिरह्न्न्छ र जब कुनै कारणबस कुखुरा तनाबमा आउछन त्यो बेलामा यो रोग देखिन्छ ।
  • यो रोग अन्डाबाट चल्लामा पनि सर्न सक्दछ ।
  • एन्टिबायोटिकको उचित प्रयोग बाट यो रोग्को उपचार गर्न सकिन्छ।

कोलिव्यासिलोसिस अथवा इे कोली सन्क्रमण

  • यो रोगपनि ब्याकटेरियाको कारणले लाग्द्छ र (C.R.D) सगसगै पनि देखिन्छ ।
  • श्वासनलीको भीत्रीझिल्ली नस्ट हुने अवस्थाहरु जस्तै रानीखेत, आइ बि, सि आर डि सक्रमणमा यो रोग सहजै लाग्दछ। क्लेजो, मुटुर्, अण्य भित्रीअङगमाजालो अर्थात फाइब्रिन देखिन्छ चिरेर हेर्दा
  • एन्टीबायोटिकको प्र्योग द्वारा उपचार गरिन्छ ।

फ्वलकोलेरा र फ्वल कोराइजा

  • यि दुबै रोग ब्याकटेरियाको कारणले लाग्ने रोगहरु हुन ।
  • नाकबाट सिगानआउर्ने आँखाबाट आसु आउर्ने लोती सुनेने हुन्छ ।
  • फवलकोलेरामा छेरौटे समेत देखिन्छ ।
  • दुबै रोगहरु एन्टीबायोटिकको प्र्योग द्वारा उपचार गरिन्छ ।

इन्फेक्सियस ब्रोन्काइटिस (आइे बि)

  • यो रोग कोरोना भाईरस बाट लाग्ने रोग हो।
  • मुख्यगरी कुखुराको श्वासप्र्श्वास प्रज्नन र म्रिगौलामा असर गर्दछ।
  • यो रोग लागेमा कुखुरामा उत्पादन घट्ने, खोकी लाग्ने, अन्डाको बोक्रा पातलो हुने, अन्डाको सेतो भाग पानीपानी
  • हुने, घ्यारघ्यार गर्ने, दानपानी कम खाने आदी लक्ष्यणहरु देख

उपचार तथा रोकथाम

  • नेपाली किसानहरुमा श्वासप्र्श्वास वा अन्य सम्स्या कुखुरामा देकिने बितीकै आफुखुर्सी एन्टिबायोटीक प्रयोगगर्ने चलन छ तर जथाभाबी एन्टि बायोतिक चलाऊदा कुखुरामा अझ बढी मृत्यु दर बढ्न सक्छ। तसर्थ भेटेरिनरियनको सल्लाहा र सेन्सिभिटी परीक्ष्यण पछीमात्र एन्टिबायोटिक प्रयोग गर्नुपर्छ ।
  • ब्रुडिङ तापक्रम, सापेक्षिक आद्रता नमिल्दा सानै उमेर देखी कुखुरामा श्वासप्रवासको समस्या देखिन थालदछ। तसर्थ ब्यब्स्था पकिय पक्षहरु जस्तै तापक्रम, भेन्टिलेसन, कुखुराको सङ्ख्या उपयुक्तहुनु पर्दछ। ब्रुडिङ को समयमा बिशेष ख्याल पुराउनु पर्दछ ।
  • कतिपय रोगहरु जसतै अन्डाबाट चल्लामा सर्ने हुँदाविश्वासिलो ह्याचरि,रानीखेत,क्ष्द्य फवलपक्स,आदी रोगहरु बिरुद्द समयमै उचित तबरले खोप लगाउनु पर्दछ ।
  • जैबिक सुरक्षाको उपायहरु अधिकतम रुपमा अबलम्बन गर्नुपर्छ।