पोषण र निस्कृय डिम्बाशय (Nutrition & Inactive/Subnormal ovary)

कुशल व्यवस्थापन पद्धति (Good Managemental Practice) वा कुशल पशुपालन पद्धति (Good Husbandry Practice) नभएका पशुहरुमा उमेर पुगे पनि उमेर अनुसार हुनुपर्ने शारीरिक तौल हुदैन र शरीर नबढे जस्तै पशुका प्रजनन् अंगहरुको पनि बृद्धि हुदैन जसले गर्दा ती अंगहरुको काम समेत प्रभावित हुन्छ । यस्ता अंगहरुलाई Infantile Genitalia भनिन्छ । आहारा सन्तुलित नभएमा तथा परजीविको कारण पनि पशुलाई पोषण तत्वको कमि हुन गई बाँझोपन हुन्छ । बिशेष गरी कार्बोहाइडेट र प्रोटिनको कमी भएका पशुहरुमा यो समस्या बढी देखा पर्ने गर्छ । प्रजनन् अंगहरुको विकास र बृद्धिका लागी आवस्यक पर्ने खनिज तत्वहरुमा आइरन, कोवाल्ट, कपर, सेलेनियम, आयोडिन, क्लोरिन र फस्फोरस मुख्य हुन् । त्यस्तै भिटामिनहरुमा ए, डी, र ई (Vitamin A Vitamin D & Vitamin E)  प्रमुख हुन् । यी तत्वहरुको सुई (इन्जेक्सन) दिएर वा मुखबाट खुवाएर पशुलाई आवस्यक मात्रा पूरा गर्न सकिन्छ । यस्ता पशुहरुलाई दिनको १-२ के.जी. गहुँ र १-२ के.जी. चना २४ घण्टा सम्म भिजाएर टुसा उम्रिसकेपछि उमालेर दैनिक ३० दिन सम्म दिदा राम्रो नतिजा देखिन्छ ।

डिम्बाशय साधारणतथा ०.५ देखि २.५ से.मी. को गोलाई आकारमा हुन्छ । धेरैजसो अवस्थामा सन्तुलित पशु आहाराको कमी भएमा डिम्बाशयको विकास र बृद्धि ढिलो हुन्छ । आवश्यक सन्तुलित आहाराको कमी भएको अवस्थामा, बिषेश गरी कोरली गाईहरुमा डिम्बाशय र पाठेघर दुबै सानो आकारको हुन्छ भने बयश्क गाईहरुमा डिम्बाशय र पाठेघर सामान्य अवस्थामा भएपनि खनिज तत्वहरुको लामो समयसम्म कमी भएमा डिम्बाशय प्लास्टिक (Plastic) ले लेपन गरे जस्तो हुन्छ, जसलाई “Plastic Coated Ovary” को रुपमा चिनिन्छ । यस्तो अवस्थामा डिम्बाशयमा फोलिकल बन्दैन र कर्पस ल्युटियम (CL) पनि हुदैन र गाई भैसीहरुमा साँढे राँगो खोजेको लक्षण पनि देखिदैन । यस अवस्थामा CoFeCu Tabs, Phosphorus inj, Selenium & Vitamin E  inj, Multivitamin  inj एक महिना सम्म दिनु पर्दछ । एक महिना सम्म उपचार गर्दा डिम्बाशयको आकार केहि ठूलो भयो भने औषधिले काम गरेको मानिन्छ तर अलिकति पनि परिवर्तन भएन भने पशु नै हटाउनु पर्ने हुन्छ ।

उपचार (Treatment):

  • भिटामिन ए, डी, ई, खनिज पदार्थ र सन्तुलित आहारा दिने ।
  • आन्तारिक परजीवि विरुद्ध नियमित (४–६ महिनाको फरकमा) औषधि खुवाउने

पोषण तत्वहरु (Nutrition)

(क) शक्तिबद्र्धक र प्रोटिनदायक पदार्थहरु

शक्ति (इनर्जी): पशुहरुको उमेर, शारीरिक वृद्धि, शारीरिक कसरत, गर्भावस्था, सुत्केरी अवस्था, मौसम आदिले इनर्जीको आवश्यकतालाई असर पार्दछ । पशुलाई आवश्यक इनर्जी खाद्यपदार्थमा पाइने कार्बोहाइड्रेट र फ्याटबाट प्राप्त हुन्छ । पशुको दैनिक आहारामा इनर्जी तत्वको कमी भएमा शारीरिक वृद्धिमा कमी हुने, प्रजनन क्षमतामा कमी आउुने, दूध उत्पादन घटने, पशुहरुमा रोग तथा आन्तरिक परजिवी विरुद्ध प्रतिरोधक्षमता कम हुन्छ । कार्वोहाईढ्र्ट र चिल्लो पदार्थको श्रोतहरुः  मकै, कोदो, धान, गहुं, जौ, जै, धानको ढुटो, गहुंको चोकर, भेली, पराल, नल, हे वा सुकेको घांस, हरियो घांस, डाले घांस आदि ।

प्रोटीनः मानिस र पशुहरुको शरीरको कोशिकाहरु प्रोटीनले बनेको हुन्छ । पशुलाई प्रोटीन शारिरक वृद्धि, प्रजनन्, दूध उत्पादन, रोग प्रतिरोध गर्न र जीवन निर्वाहका लागि चाहिन्छ । वयस्क उग्राउने पशुहरुमा रुमेन  भित्र रहेका शूक्ष्म जिवाणुहरुले आहारामा रहेको नाइट्रोजन तत्वलाई प्रोटीनमा बदल्ने गर्दछन । आहारामा प्रोटीनको कमीभएमा नवजातपशुको जन्म तौल कम हुने, नबढने, दूध उत्पादन कम हुन्छ । प्रोटीनको श्रोतहरुः  भट्टमास, मस्याम वा सिल्टुं, मास, मुसुरो, अरहर, भट्टको पिना, तिलको पिना, तोरीको पिना, सूर्यमुखीको पिना, माछा, मासु, माछाको सिद्रा आदि ।

प्रजनन सँग यसको अन्तरसम्बन्ध :पशुहरुको शारीरिक बृद्धि र उत्पादनको लागि शक्तिबद्र्धक र प्रोटिनयुक्त पदार्थहरुको आवश्यकता पर्दछ । यी पदार्थहरुको अभावमा पशुको शारीरिक बृद्धि हुन नसकी प्रजनन् अंगहरुको विकास हुन पाउँदैन, फलस्वरुप प्रजनन् प्रकृयाको विकास पनि ढिलो हुने साथै उत्पादनमा पनि कम हुने समस्याहरु आईपर्ने गर्दछन् । यदि संक्रमण नभएको अवस्थामा भंगाकुर स्पर्शप्रतिकृया (Clitoris massage reflex) पनि छ, डिम्बाशयमा राम्रो संग प्रत्यार्विर्तत कर्पस ल्युटियम (Regressed CL) पनि छ तर पाठेघरमा लचिलोपना (Tonicity) छैन भने यो  शक्तिबद्र्धक पदार्थको कमीको कारण हो

उपचार (Treatment):

@  Dextrose 25% @ 25 ml Intra uterine with oxytocin @ 2ml IM @ 1 to 2 hrs prior to AI

(ख) खनिज तत्वहरुको कमी Mineral deficiencies):

खनिजः खनिज तत्वहरुः पशुलाई धेरै किसिमका खनिज तत्व आवश्यक हुन्छन । बढीमात्रामा आवश्यक खनिजतत्वहरुमा खानेनुन, क्याल्सियम, फस्फरस, म्यागनिशियम, पोटाशियम, र सल्फर पर्दछन । थोरै मात्रामा चाहिने र नभई नहुनेमा कोबाल्ट, कपर, आयोडिन, आइरन, मैंगनीज, सेलेनियम र जिंक हरु पर्दछन । आहारामा खनिज तत्वहरुको कमी भएमा कम उमेरका पशुहरुमा आहारा नखाने, वृद्धि कमहुने, हाडहरुको विकास नहुने, माउको प्रजनन क्षमतामा कमी हुने र दूध उत्पादन घटने हुन्छ ।खनिजको श्रोतहरुः  हाडको धुलो, सिपिको वोक्रा, तयारी मिनरल मिक्स्चर, जिंक अक्साईड, कपर सल्फेट, आयोनुन, चुन ढुंगा, रातो माटो, अण्डाको वोक्रा, डालेघांस आदि । 

प्रजनन सँग यसको अन्तरसम्बन्ध : आइरन, कोवाल्ट, कपर, आयोडिन, सेलेनियम, फस्फोरस (Iron, Cobalt, Copper, Iodine, Selenium, Phosphorus) आदि खनिज तत्वहरु प्रजनन् प्रणालीको कामको लागी अत्यन्त महत्वपूर्ण छन् । यी तत्वहरुको कमीले गर्दा प्रजनन् अंगहरुको विकास नहुने, डिम्व नबन्ने, बनेको डिम्व परिपक्व नहुने भई पशुमा बाँझोपन हुन्छ ।

खनिज पदार्थहरु

क्याल्सियम र फस्फोरसः शारीरिक संरचनाको लागि आवश्यक अस्थिपञ्जर प्रणालीको विकासको लागि क्याल्सियम र फस्फोरसको आवश्यकता पर्दछ । यसको कमीमा शारीरिक विकासमा बाधा पर्दछ र प्रजनन् प्रक्रियामा अवरोध आउँछ । शक्तिबद्र्धक पदार्थहरुको उपयोगिताबाट मांशपेशीले पर्याप्त शक्ति उत्पादनको लागि फस्फोरसको आवश्यकता पर्दछ । घाँसपातमा बढीमात्रामा क्याल्सियम पाईन्छ भने दानामा फस्फोरसको मात्रा बढी पाईन्छ । शारीरिक बृद्धि र प्रजननको प्रणाली सकृयताको लागी जहिले पनि क्याल्सियम र फस्फोरस २:१ को अनुपातमा दिनु पर्दछ । अन्यथा यसको असन्तुलनले पशु बाँझो हुन सक्दछ ।

आयोडिनः यो शूक्ष्म खनिज तत्व हो । यो खनिज पदार्थ थाईरोईड हर्मोनको उत्पादनको लागी आवश्यकता पर्दछ । थाईरोईड हर्मोनले शारीरिक बृद्धि र विकास, उत्पादन र प्रजनन् प्रक्रियामा सहयोग पु¥याउँदछ । यसको कमी भएमा शारीरिक बृद्धि नहुने तथा पशु तुहीने समस्या देखिन सक्दछ ।

आईरनः यो गाई, भैसीको आहारामा आवश्यक पर्ने शूक्ष्म खनिज तत्व हो । आईरन रातो रक्त कोशीका बन्नको लागि आवश्यक पर्ने भएकोले पोषकतत्वहरु मध्ये आईरनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसले रगतको माध्यमबाट अक्सिजनलाई बिभिन्न कोशीकाहरुमा पु~याउने र कोशीकाहरुमा उत्पादन भएको कार्वनडाईअक्साईडलाई पुनः फोक्सोसम्म पु~याउने कार्य गर्दछ । शरीरलाई आवश्यक पर्ने बिभिन्न पोषक तत्वहरुलाई रगतको माध्यम भएर नै शरीरमा पुग्ने भएकोले रगत बन्न आवश्यक आईरनको पशु पोषणमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । 

कपरः कपर रगत बनाउन, मेलानिन बनाउन, रौको विकासको लागि, हाड र स्नायु प्रणालीको कार्य संचालन आदीको लागि महत्वपूर्ण भूमिका रहेको हुन्छ । 

उपचार (Treatment):

खनिज मिश्रण तथा खनिज तत्वका सुईहरु दिने

  • @  Agrimin/Minamil/Supplivite-M @ 50 gm BID orally for 10 days
  • @  Tonophosphon/Tonoricin @10 ml IM, 3 injections in alternate days
  • @  E-care Sei nj @10 ml IM, 4 injections in alternate days
  • @ CoFeCu/Vets Co-Cu @ 2 tabs OD for 10 Days

(ग) भिटामिनहरुको कमी (Vitamin Deficiency):

भिटामिनहरुः थोरै मात्रामा तर नियमितरुपमा भिटामिनहरु आवश्यक हुन्छन । आवश्यक पर्ने भिटामिनहरुमा ए, बी, सी, डी, ई, र के, हुन । भिटामिन बी र के भिटामिनहरु शूक्ष्म जिवाणुले गर्दा उग्राउने पशुको रुमेनमा उत्पादन गर्दछन र भिटामिन सी शरीरभित्र तयार हुन्छ । त्यसैले फ्याटमा घुलनशील हुने ए, डी, र ई भिटामिनहरु पशुको आहारामा दिनु पर्दछ । पशुले यी भिटामिनहरु हरियो घाँसबाट र प्रशस्त घामबाट प्राप्त गर्दछन र शरीर भित्र ३ देखि ४ महिनासम्मका लागि भण्डारण पनि गर्दछन । पशुको आहारामा भिटामिनको कमी भएमा हाडको वृद्धिमा, रोग प्रतिरोध क्षमतामा नराम्रो असर पर्दछ । पशुहरुमा रतन्धो रोग लाग्ने, असामान्य वच्चाहरु जन्मिने, वच्चाहरुमा रिकेट (खुटटा बांग्गिने) रोग लाग्ने हुन्छ भने वयस्क भालेपोथी पशुहरुमा सन्तान उत्पादन गर्ने क्षेमतामा ह्रास आउंछ ।भिटामीनको श्रोतहरुः  संपूर्ण हरियो घांस, डालेघांस, पशु औषधी पसलहरुमा पाउने तयारी खनिज र भिटामीनको मिश्रण, तयारी भिटामीनको सुईहरु, प्रभातकालीन सूर्यको किरण आदि ।

प्रजनन सँग यसको अन्तरसम्बन्ध : पोथी पशुको प्रजनन् प्रणालीमा बिभिन्न भिटामिनहरु, बिशेष गरी भिटामिन A, D3, E, को महत्वपूर्ण भूमिका हुन्छ र यिनीहरुको कमी भएमा बाँझोपनको समस्या उत्पन्न हुन सक्छ

भिटामिन एः भिटामिन ए विभिन्न किसिमका ग्रन्थी र अंगहरुको म्यूकस झिल्ली (Mucus membrane) को बनावट र स्वास्थ्यको लागी आवस्यक पर्दछ । यी ग्रन्थीहरु मध्ये प्रजनन्मा महत्वपूर्ण भूमिका रहेका ग्रन्थीहरुमा हाईपोथ्यालामस, पिट्यूटरी ग्रन्थी, अण्डकोश, डिम्बाशय, पाठेघर आदी पर्दछन् । यी ग्रन्थीहरुको कार्य सुचारु रुपले संचालन गर्नको लागी भिटामिन ए को आवश्यता पर्दछ । यसको अभावमा हाईपोथ्यालामस र पिट्यूटरी ग्रन्थीको बनावट र कार्यमा असर पर्दछ । जसले गर्दा गोनाडोट्रोपिन (GnRH) हार्मोनको उत्पादन नहुने र यसको अभावमा फोलिकल स्टीमुलेटीङ हर्मोन (FSH) र लिउटीनाईजिङ हर्मोन (LH) को निस्कासन नभई प्रजनन् प्रकृयामा असर पर्न सक्दछ । यो भिटामिनको कमी भएमा पाठेघरको अन्तःभाग (Endometrium) मा असर भई पाठेघरको अन्तःश्राव वा यूटेराईन मिल्क (Uterine Milk) निस्कन नसकेमा भ्रुणले पर्याप्त पोषण नपाई भ्रुण मर्न सक्दछ । पाठेघरको अन्तःभाग स्वस्थ नभएको अवस्थामा विकसित भई रहेको भु्रण पाठेघरमा साल नजोडिन सक्दछ । जसले गर्दा पशु उल्टिरहन (Repeat Breeding), बाँझोपन (Infertility)  र भु्रण मर्ने (Embryonic death) जस्ता समस्याहरु देखिन सक्दछन् ।

यसको कमी भएको पशुको गर्भावधि कम हुने, साल नझर्ने, तुहिने, हिड्न नसक्ने र अन्धा बाछाबाच्छी जन्मने हुन्छ । गर्मी र आद्रता बढी भएको मौषममा पशुलाई यो भिटामिनको आवश्यकता अझ बढी हुन्छ । यसको आवश्यकता पुरा गर्न भिटमिन ए को सुईहरु पनि दिन सकिन्छ । यसको संचय कलेजोमा हुने भएकोले एक पटक सूईको माध्यमबाट दिए पछि ५, ६ महिनाको आवश्यकता पुरा हुन सक्दछ । हरियो घाँसमा पाईने क्यारोटीनले पशुमा भिटामिन ए को आवश्यकता पुरा गर्दछ । हरियो घाँसपातको कमीले पनि पशुमा बाँझोपनाको समस्या देखिन्छ ।

भिटामिन डीः गाई, भैसीको पाठेघरको  मांशपेशीले ऋतुचक्रलाई कायम राख्ने हर्मोन प्रोस्टाग्लान्डिनको उत्पादन गर्ने भएकोले पाठेघर मजबुत र तन्दुरुस्त राख्ने कार्य संचालनको लागि फस्फोरसको परिचालन हुनु पर्दछ सो को लागि भिटामीन डी को आवश्यकता पर्दछ । भिटिामिन डि बिहानको घाममा, हरिया घाँसमा र घाममा सुकाएको ‘हे’मा पनि पाईन्छ । बजारमा पाईने खनिज र भिटामिनका मिश्रणहरुमा पनि भिटामिन डि पाईन्छ । भिटामिन डि को सुई पनि दिन सकिन्छ ।

भिटामिन ई र सेलेनियमः भिटामिन ई र सेलेनियमलाई एन्टिअक्सिडेन्ट ९ब्लतष्यहष्मबलत० पनि भनिन्छ । गाई, भैसीहरुमा यसको आवश्यकता अत्यन्तै थोरै मात्रामा पर्दछ । गाई भैसीहरुका साल नझर्ने, मेट्राईटिस, डिम्बाशयका विकृतिहरु भएको अवस्थामा भिटामिन ई र सेलेनियमको प्रयोग गरिन्छ । माटोमा सेलेनियमको कमी भएको अवस्थामा पशुले घाँसको माध्यमबाट सेलेनियमको आवस्यकता पुरा गर्न नसकी पशुमा सेलेनियमको कमीबाट हुन सक्ने रोगहरु देखिन सक्दछ । यो तत्वको आवश्यकता भिटामिन ए र सेलेनियमको सूईको माध्यमबाट दिएर पुरा गर्न सकिन्छ । अन्य कारणले यस्तो समस्या भएको अवस्थामा यो भिटामिन र खनिजले सहयोग पुग्दैन । 

उपचार (Treatment):

  • @  Vitamin A (भाईटासेप्ट, भिटामिन एडी३इ, ब्रिभिट, इन्टाभिटा) @ 10 ml IM, A/D for 3 days
  • @  E-care Se inj @ 10 ml IM, 4 injections in alternate weeks

व्यवस्थापनका पक्षहरुः

  • राम्रो सन्तुलित आहारा आवश्यक मात्रामा खुवाउने । आहारालाई दैनिक १० लिटर सम्म दुध दिने गाईलाई ३.५ किलोग्राम र प्रत्येक थप १ लिटर दुधको लागि ३५० ग्राम थप गर्दै जाने ।
  • सन्तुलित दानाको साथसाथै खनिजको ढिक्का Urea Molasses Mineral Blocks/UMMB) दिनदिनै चाट्न दिने ।
  • घांस खुवाउँदा कोशे (१ भाग) तथा अकोशे (२ भाग) खुवाउने ।
  • घांस र पराल मिसाएर काटेर खुवाउने ।
  • एउटा वयश्क पशुलाई हे वा सुकेको पराल दैनिक अधिकतम ७÷८ किलोग्राम र हरियो घांस २० देखि २५ किलोग्राम खुवाउने ।
  • कृषकले हे तथा साइलेज वनाएर खुवाउन सके दुध उत्पादन बढ्नुको साथै प्रजनन्् सम्वन्धित समस्या पनि कम हुन जान्छ ।
  • सन्तुलित दाना नभएमा दिनमा आधा के.जी. पीना खुवाउने ।
  • गेडागुडीलाई उमारेर आधा के.जी. प्रतिदिनका दरले १५—२० दिनसम्म खुवाउने ।
  • बिभिन्न बाह्य तथा आन्तरिक परजीविहरुले गर्दा पशु कमजोर हुन गई बाँझोपनको समस्या आउने भएकोले आबश्यकता अनुसार पशुलाई परजीवि बिरुद्ध उपचार गर्नुपर्छ । पशुहरुमा आन्तरिक परजीविहरुको नियन्त्रण गर्न बर्षको कम्तिमा पनि २ पटक गोबर जाँच गरी जुका नाम्लेको पहिचान गरेर सो को विरुद्ध उपयुक्त औषधि खुवाउनु पर्दछ । बर्षात मौसम भन्दा अगाबै अनिवार्य जुका नाम्ले विरुद्ध औषधि खुवाउनु पर्दछ । यस्ता औषधिलाई एकै खुराक वा एक भन्दा अधिक खुराक बनाएर खुवाउन पनि सकिन्छ ।
  • कलेजो कमजोर भएको अवस्थामा पनि पशुहरुमा प्रजनन क्षमताको कमी आँउछ र बाँझोपन समेत हुन सक्दछ तसर्थ प्रत्येक पटक जुका नाम्लेको विरुद्ध औषधि खुवाउँदा लिभर टोनिक अनिवार्य खुवाउनु पर्दछ । यस वाहेक पनि पशु चिकित्सकको सल्लाहमा थप लिभर टोनिक खुवाउन सकिन्छ 
  • सम्पूर्ण मिश्रित आहारा (Total mixed ration) ले पशुको उत्पादन र उत्पादकत्व बृद्धि हुनुको साथै प्रजनन प्रकृया (खास गरी प्रजनन अंग एवं प्रजनन हर्मोनहरु) सञ्चालन, विकसित र नियमित हुन्छ । त्यसैले सन्तुलित आशारामा विशेष ध्यान दिनु पर्दछ ।

पशुहरुको आहारा व्यवस्थापनमा ( Livestock Feeding) विचार गर्नु पर्ने कुराहरुः

  • पशुको शारीरिक अवस्था,
  • पशुको उत्पादन अवस्था,
  • पशुको शारीरिक तौल,
  • पशुको उमेर,
  • मौसम, आदि

पशु आहारामा पाईने सुख्खा पदार्थः सुख्खा पदार्थ भन्नाले सुकेको पराल, नल, छ्वाली मात्र सम्झनु हुंदैन । सबै हरियो घाँसपात दाना चोकर इत्यादिमा केही जलांश र केही सुख्खा पदार्थ हुन्छ । साधारणतया हरियो घाँसपाता सयकडा २० भाग सुख्खा पदार्थ र सयकडा ८० भाग पानी हुन्छ । यसको अर्थ हो ५ के.जी. हरियो घाँस खुवाएमा १ के.जी. मात्र सुख्खा पदार्थ पाईन्छ । त्यस्तै डाले घाँसमा सयकडा ३० भाग, परालमा सयकडा ९० भाग दाना चोकरमा सयकडा ९० भाग सुख्खा पदार्थ पाइन्छ ।

पशुको शारीरिक तौल अनुसार सुख्खा पदार्थको आवश्यकताः जीवन निर्वाहको लागि शारीरिक तौल कम भएको पशुलाई कम र बढी भएको पशुलाई बढी आहारा चाहिन्छ । सरदर शारीरिक तौलको २.५ प्रतिशत अथवा १०० के.जी. शारीरिक तौलको लागि २.५ के.जी. सुख्खा पदार्थको आवश्यकता पर्दछ । यस हिसाबले ३०० के.जी. शारीरिक तौल भएको गाईलाई प्रति १०० के.जी. शारीरिक तौल २.५ के.जी. सुख्खा पदार्थको हिसाबले करिब ७.५ के.जी. सुख्खा पदार्थ प्रति दिन चाहिन्छ । उदाहरणको लागिः

एउटा गाईलाई ७.५ के.जी. सुख्खा पदार्थको आवश्यकता पर्छ भने त्यति सुख्खा पदार्थ खुवाउनको लागि कति हरियो घाँस खुवाउनुपर्ला त ?

हरियो घाँसमा मोटामोटी सयकडा २० भाग सुख्खा पदार्थ र सयकडा ८० भाग पानी हुने हुनाले ७.५ के.जी. सुख्खा पदार्थ हरियो घाँसबाट पुरा गर्न करिब ३८ के.जी. हरियो घाँस चाहिन्छ । अर्थात हरियो घाँसमा घाँसको जम्मा तौलको ५ भागको १ भाग मात्र सुख्खा पदार्थ हुने हुनाले जति मात्रामा सुख्खा पदार्थ चाहिने हो त्यसको ५ गुणा बढी हरियो घाँस खुवाउनु पर्दछ । पशुहरु दुब्लो भएमा स्वस्थ पशुको तुलनामा बढी आहाराको आवश्यकता पर्छ ।

पशुको उत्पादन अनुसार आहारा खुवाउने : गर्भीणी गाई भैंसीले आफ्नो शरीरको निर्वाहको अलावा पेट भित्र वृद्धि भइ रहेको बच्चालाई समेत पालन पोषण गर्नु पर्ने भएकोले बढी गुणस्तरयुक्त आहाराको आवश्यकता पर्दछ । पेटमा भएको बच्चा खास गरेर गर्भको अन्तिम ३ महिनामा छिटो छिटो वृद्धि हुने हुनाले यस अवधिमा गर्भिणी गाईभैंसीलाई जीवन निर्वाह (आहाराको साथै अतिरिक्त आहारा उपलव्ध गर्नु पर्दछ । उदाहरणको लागिः ४०० केजी जीवित तौल भएको गाईलाई जीवन निर्वाहको लागि ३.१५ केजी जम्मा पाचनसील पौष्टीक तत्व (TDN), ३७३ ग्राम प्रोटीन (DCP), १५ ग्राम क्यालसियम, १३ ग्राम फस्फोरस आवश्यक पर्दछ भने, सोही गाईलाई गर्भीणी अवस्थाको अन्तिम तीन महिनाको अवधीमा ०.९५ (३०५ थप ) केजी जम्मा पाचनसील पौष्टीक तत्व, ३२९ (८८५ थप) ग्राम प्रोटीन, ११ (७३५ थप) ग्राम क्यालसीयम, ५ (३८५ थप) ग्राम फसफोरस दैनिक थप आहारा आवश्यक पर्दछ । दूध दिने पशुलाई कति कस्तो आहारा दिने भन्ने कुरा दूध उत्पादनमा पनि भर पर्छ । कम दूध दिने पशुलाई कम र बढी दूध दिने पशुलाई बढी नै गुणस्तरयुक्त आहारा दिनुपर्छ ।

पशुको उमेर अनुसार आहारा : एउटै किसिमको शारीरिक तौल भए पनि बढ्दो उमेरका पाडा पाडी बाच्छा बाच्छी र कोरलीलाई उमेर पुगेको पशुलाई भन्दा बढी आहारा चाहिन्छ । किनभने बढ्दो उमेरका पशुलाई निर्वाहको लागि मात्र होईन शारीरिक वृद्धिको लागि पनि आहाराको आवश्यकता पर्दछ 

मौसम अनुसार पशुलाई आहारा : जाडो मौसममा पशुहरुको शरीरलाई न्यानो राख्नमा पनि शक्ति खर्च हुने हुनाले गर्मी मौसमको तुलनामा बढी आहाराको आवश्यकता पर्दछ । यसको अलावा जोत्ने गाडा तान्ने, भारी बोक्ने पशुहरुलाई यस्तो काम गरेको बेला अरु बेलामा भन्दा बढी आहाराको आवश्यकता पर्दछ ।

©Auther : Dr. Khagendra Raj Sapkota©