१. डिम्बोत्सर्ग नहुने अवस्था (Unovulation):

सामान्यतया ऋतुचक्र पुरा हुनको लागि डिम्बाशयमा फोलिकल बन्ने र फोलिकलबाट पशु ऋतुकालमा आई डिम्बको निस्कासन हुनु पर्दछ । ऋतुकाल शुरु भएको झण्डै ३० घण्टापछि अथवा ऋतुकालको अन्त्यको झण्डै १२ घण्टापछि परिपक्क डिम्ब डिम्वाशयबाट निस्कन्छ । यस प्रकृयालाई नै डिम्वोत्सर्ग (Ovulation) भनिन्छ । तर कहिले काँही डिम्बोत्सर्ग हुन सक्दैन, फोलिकल रहिरहन्छ र बिस्तारै डिम्वाशय सुक्दै जान्छ । यस्तो अवस्थामा गाई, भैसीलाई बाली लगाउँदा डिम्ब नै ननिस्केको कारणले गाई, भैसी व्याउने हुदैन 

निदानः मलाशयबाट हात हाली डिम्बाशयको परीक्षणबाट अथवा अल्ट्रासाउण्डको प्रयोगले डिम्बाशयको अवस्था पत्ता लगाउन सकिन्छ । यदि डिम्बाशयको परीक्षण गर्दा डिम्बोत्सर्ग भएको छैन, नयाँ  कर्पस ल्युटियम (CL) पनि छैन, पुरानो कर्पस ल्युटियम (CL) पनि प्रत्यावर्तन (Regressed) भएको छैन र पशु गर्भिणी पनि छैन भने डिम्बोत्सर्ग नहुने अवस्था हुन सक्दछ । मलाशयबाट हात हाली डिम्बाशयको परीक्षणबाट अथवा अल्ट्रासाउण्डको प्रयोगले डिम्बाशयको अवस्था पत्ता लगाउन सकिन्छ ।

उपचारः फोलिकललाई परिपक्व बनाउने र डिम्बोत्र्सग गराउने औषधि (एल. एच.) प्रयोग गर्ने

@  LH @ 1500-3000 IU at the time of AI or

@  GnRH (Receptal/Fertazyl/Gynarich) @ 100-200 microgram IM route

Vitmin A, D3, E & Selenium injection @10 ml O/D IM for 3 days

अर्को पटकको ऋतुचक्रमा GnRH (Receptal/Fertazyl/Gynarich) @ 100-200 microgram IM in estrus

२. डिम्बोत्सर्ग ढिलो हुने (Delayed Ovulation): सामान्य अवस्थामा ऋतुकालमा आएको गाई, भैसीको डिम्बाशयबाट निर्धारित अवधिमा (गाईमा ऋतुकाल सकिएको ८—१२ घण्टामा) डिम्ब निस्कासन हुन्छ । तर यो अवस्थामा डिम्वाशयमा बनेको फालिकल फुट्न लामो समय (२५ घण्टा भन्दा बढी) लाग्दछ ।

निदानः यस अवस्थाको निदानको लागी डिम्वाशयको नियमित परीक्षण गर्नु आवश्यक हुन्छ । यस अवस्थाको निदानको लागी डिम्वाशयको नियमित परीक्षण गर्नु आवश्यक हुन्छ । पशु ऋततुकालमा आएको दिन, त्यसपछिका दुई दिन र दशौ तथा सत्रौं दिन डिम्वाशयको परीक्षण गर्दा यो अवस्थाको पूर्ण निदान गर्न सकिन्छ । यदि दोश्रो दिन पनि डिम्बोत्सर्ग भएको छैन र तेश्रो दिन डिम्बोत्सर्ग भएको छ भने यो डिम्बोत्सर्ग ढिलो हुने Delayed Ovulation अवस्था हो । यदि दोश्रो दिन पनि डिम्बोत्सर्ग भएको छैन र करपस ल्युटियम पनि भेटिदैन भने डिम्बोत्सर्ग नहुने अवस्था Unovulation हो । साधारणतया पशु ऋतुकालमा आएको अवस्थामा अरु अवस्थाको भन्दा मलद्धारको तापक्रम १०F बृद्धि भएको हुन्छ । यदि पशु ऋतुकालमा आएको बेला सबेरै Early Morning पशु उड्नु भन्दा पहिलानै मलद्धारबाट तापक्रम लिने र त्यसपछिका २ दिन सम्म लगातार तापक्रम रेकर्ड गर्दा जुन दिन तापक्रम १०F ले कमी हुन्छ सोही दिन डिम्वोत्र्सग भएको मानिन्छ । यसरी पनि डिम्बोत्सर्ग ढिलो हुने अवस्थाको निदान गर्न सकिन्छ ।

उपचार

  •  दुई पटक कृ.ग./प्रा.ग.गराउने ।
  • परिपक्व फोलिकललाई फुटाउने औषधि (एल. एच.) को प्रयोग गर्ने

@  LH @ 1500-3000 IU at the time of AI or

@  hCG (Chorulon) @ 2000-3000 IU IM/SC or

@  GnRH (Receptal/Fertazyl/Gynarich) @ 100-200 microgram IM in estrus

यस्ता पशुहरुमा डिम्बोत्र्सग भईसकेपछि करपस ल्युटियम भेटिने अवस्थामा २० देखि ५० मिली ग्राम प्रोस्टाग्लान्डिनको सुई मासुमा दिने र अर्को ऋतुकालमा कृत्रिम गर्भाधान गर्ने गर्नु पर्दछ ।

३. डिम्बाशयमा कर्पश ल्युटियमका बृद्धि कम हुने (Insufficient Growth of CL): गर्भधारण नभएको अवस्थामा २१ दिनको ऋतुचक्रमा डिम्बको निस्कासन पछि १० औं दिनसम्ममा त्यसको बृद्धि हुने र १६ औं दिनसम्म त्यसको आकार कायमै रहने र त्यसपछि सुक्दै जान थाल्दछ । तर यस प्रकारको विकृतिमा कर्पस ल्युटियमको बृद्धि कम हुने भएकोले प्रोजेस्टेरोन हर्मोनको उत्पादन कम हुन्छ र अर्को फोलिकलको विकास चाँडो  हुनाले ऋतुचक्र २१ दिनभन्दा छोटो हुन्छ ।

४. अक्सिटोसिनको हर्मोनको कमी (Deficiency of Oxytocin): डिम्ब र शुक्रकिटलाई एम्पुलामा मिलाउनको लागी डिम्बवाहिनी नली लाई चलाएमान बनाईराख्न अक्सिटोसिन (Oxytocin) हर्मोनले भूमिका खेल्दछ । यदि यो हर्मोन नभएमा निषेचन (Fertilization)  कार्य सम्भव हुदैन । यो हर्मोनको कमी पशुमा कुनै संक्रमण भएमा, तनाव भएमा, कृत्रिम गर्भाधान गर्ने बेलामा गडवडी भएमा पनि हुन सक्दछ । 

निदान (Diagnosis): कृत्रिम गर्भाधान गरिसके पछि सुतलाई चलाउदा प्रतिकृया /भंगाकुर स्पर्शप्रतिकृया  (Clitoris massage reflex i.e. Lan reflex in Cattle & Tail reflex in Buffalo) हुदैन र पशु ऋतुकालमा आँउदा पाठेघरको लचिलोपना  Tonicity कम छ भने पनि यो हर्मोनको कमीको कारण हुन सक्छ

उपचारOxytocin injection @ 30 to 50 IU soon after AI

Auther: Dr. Khagendra Raj sapkota